अब सातै प्रदेशमा कोटा तोकेर मल बितरण : कृषिमन्त्री खनाल

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज १५, बुधबार,०३:३४:PM  
अब सातै प्रदेशमा कोटा तोकेर मल बितरण : कृषिमन्त्री खनाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले किसानले मल नपाएर रुने स्थिति अव नआउने बताएका छन् । मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले विगत जस्तो समयमै मल नपाएर किसानले दुःख पाउने स्थिति हट्ने बताए । कार्यक्रममा सातै प्रदेशमा मलको कोटा तोकेर क्याबिनेट पठाउन लागिएको उनले जानकारी दिए । ‘सात प्रदेशलाई उत्पादनका आधारमा कोटा तोक्दियो । जति मल आउँछ । त्यो अव प्रदेशमा विभाजन हुन्छ ।’ उनले भने, ‘त्यसपछि स्थानीय तहलाइ नै जिम्मेवार बनाउने र वितरण पनि उसैले गर्नेछ ।’

संघले छुट्याएको बजेटले नपुग्ने अवस्थामा प्रदेश सरकारले पनि मल खरिदमा केही बजेट थप गर्ने बताए । अहिले प्रदेश नम्वर ५ थप बजेट दिने जनाएको उनले बताए । समयमै मलको व्यवस्थापन गर्न भारतसँग जीटुजी गर्न, अन्य देशबाट पनि आयात गर्न तथा सेयर मार्फत आयात गर्न पनि पछि नपर्ने उनले बताए । ‘मलको समयमै व्यवस्था गर्न चाहे नेपाल र भारत सरकारवीच (जीटुजी) गर्न परोस, चाहे अन्य देशबाट ल्याउन परोस वा चाँहे त्यो सेयर नै खडा गरेर भएपनि मल समयमै व्यवस्था हुन्छ ।’ उनले भने, ‘यस बिषयलाई योजनाबद्ध ढङ्गले र नीतिमा पनि हल हुने गरी अघि बढाइएको छ ।’

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');