प्राइम लाइफ इन्स्योरेन्सले दियो मृतक परिवारलाई ५८ लाख

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज १६, बिहीबार,०८:२९:AM  
प्राइम लाइफ इन्स्योरेन्सले दियो मृतक परिवारलाई ५८ लाख

जुम्ला । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभीड निवासी मृतक लक्ष्मीप्रसाद उपाध्यायको परिवारलाई बिमा गरेबापत दुई किस्ता गरी  ५८ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको छ । 

बिमा कम्पनीले एक कार्यक्रम गरी मृतक उपाध्यायकी श्रीमती अप्सरा उपाध्यायलाई दोस्रो किस्ताबापत २६ लाख ९४ हजारको चेक हस्तान्तरण गरेको हो । पहिलो किस्ताबापत ३१ लख ५६ हजार रुपैयाँ यसअघि नै उनलाई हस्तान्तरण गरि सकिएको प्राइम लाइफ जुम्लाका शाखाका प्रमुख करबहादुर शाहीले बताए।  

उपाध्यायले विसं २०७४ पुस २४ गते  ३० लाखको बिमा गराएका थिए । उनको २०७५ पुस २४ गते शौचालयमा जलेर मृत्यु भएको थियो । मृत्युपूर्व भने एक किस्ताको रकम २ लाख १० हजार प्रिमियम कम्पनीलाई बुझाएका थिए । रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');