रातारात कालीमाटी तरकारी बजारमा वाणिज्यकोे छड्के, बिलबिजक नराख्ने ३४ पसललाइ सोधियो स्पष्टीकरण

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज १६, बिहीबार,०९:५३:AM  
रातारात कालीमाटी तरकारी बजारमा वाणिज्यकोे छड्के, बिलबिजक नराख्ने ३४ पसललाइ सोधियो स्पष्टीकरण

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार कालीमाटी तरकारी बजार र अन्य केही खाद्य पसलको छड्के अनुगमन गरेको छ ।

रातको समयमा विभागको अनुगमन टोलीले कालीमाटी तरकारी बजारमा पुग्दा अधिकांश तरकारी पसलमा बिलबिजक नराखिएको पाइएपछि झन्डै ३४ ओटा पसललाई २४ घण्टाभित्र आवश्यक स्पष्टीकरणका लागि विभागमा बोलाएको छ । 

५१ ओटा तरकारी पसल तथा खाद्य पसलमा गरिएको अनुगमनमा ३ ओटा तरकारी पसललाई तत्काल ५ हजार रुपैंयाका दरले जरिवाना गरिएको छ । १० ओटा तरकारी पसल सामान्य अवस्थामा रहेको र अन्य ७ ओटा पसललाई आवश्यक सुधारका लागि निर्देशन दिएको अनुगमन निरिक्षक राजेशकाजी श्रेष्ठले बताए ।

उनले कालीमाटी तरकारी बजारको अनुगमन गर्दा अधिकांश व्यापारीले कुन दरमा तरकारी खरिद गरेको र कतिमा बिक्रि गरेको भन्ने नखुलाएको र व्यापारी कारोबारस्थल नभेटिएकाले आवश्यक स्पष्टीकरणका लागि बोलाइएको उनले बताए । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');