साना तथा मझौला उद्योगको कर्जा सुरक्षण बढ्यो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज १६, बिहीबार,१२:३८:PM  
साना तथा मझौला उद्योगको कर्जा सुरक्षण बढ्यो

काठमाडौं । साना तथा मझौला उद्योगको कर्जा सुरक्षण बढेको देखिएको छ । आर्थिक वर्ष २०६६/६७ बाट कार्यान्वयनमा आएको ‘साना तथा मझौला उद्यम कर्जा सुरक्षण’ कार्यक्रमअन्तर्गत साना उद्योगहरुको कर्जा सुरक्षण बढेको देखिएको हो । राष्ट्र बैंकले हालै गरेको एक अध्ययनले यस्तो देखाएको हो । राष्ट्र बैंकको सो अध्ययनअनुसार आव २०७१/७२ मा कर्जा सुरक्षणमा २ ओटा बैंक सहभागी भएको देखिएको छ । 

आव २०७४/७५ मा आइपुग्दा ३ ओटा बैंक कर्जा सुरक्षणमा सहभागी रहेको अध्ययनले देखाएको छ । यस अवधिमा सुरक्षण कर्जा रकम क्रमशः वृद्धि हुँदै गएको देखिन्छ । आव २०७१/७२ मा ३५ करोड कर्जा सुरक्षण गरिएकोमा आव २०७४/७५ मा ८१ करोड रुपैयाँ कर्जाको सुरक्षण भएको छ ।

त्यस्तै, आव २०७३/७४ देखि कार्यान्वयनमा आएको सुरक्षित दर्ता कारोबार सेवामा साना तथा मझौला उद्योगसँग सम्बन्धित सूचनाहरूको दर्ता हुने क्रम उल्लेख्य रुपमा बढेको सो अध्ययनले देखाएको छ । कर्जा सुरक्षण रकम बढे पनि ऋणीको संख्या भने घटेको देखिएको छ ।

कर्जा सुरक्षण आव २०७३/७४ सम्म वृद्धि भए पनि आव २०७४/७५ मा घटेको देखिएको छ । २०७३/७४ मा साना तथा मझौला उद्योगसँग सम्बन्धित २६,२१४ सूचनाहरू दर्ता भएकामा आव२०७४/७५ मा यस्तो संख्या ४५.२ प्रतिशतले वृद्धि भई ३८,०५८ पुगेको छ ।

साना तथा मझौला उद्योगसँग सम्बन्धित यस्तो सूचनाको कुल दर्ता संख्याको ६६.५ प्रतिशत हुन आउँछ । सो तथ्याङ्कले चल सम्पत्ति धितो राखी साना तथा मझौला कर्जा लिने प्रवृत्ति क्रमशः बढ्दै गएको देखाएको राष्ट्र बैंकले जनाएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');