अमेरिकी इन्धन आयात निर्यातमा कमी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज १६, बिहीबार,०२:५८:PM  
अमेरिकी इन्धन आयात निर्यातमा कमी

ह्युस्टन । अमेरिकी कच्चा तेलको आयात र निर्यात दुवै गत साता घटेको अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले जनाएको छ । अमेरिकामा गत साता प्रतिदिन कच्चा तेल औसतमा ६२ लाख ९० हजार ब्यारेल आयात भएकाे थियो । अघिल्लो साताको तुलनामा यो प्रतिदिन ८७ हजार ब्यारेलले कमी हो ।    
    
यसैगरी गत साता कच्चा तेलको निर्यातमा पनि औसतमा प्रतिदिन एक लाख १६ हजारले कमी आएको छ । गत साता औसतमा कच्चा तेलको निर्यात प्रतिदिन २८ लाख ७० हजार ब्यारेल भएकाे थियो ।    
    
विगत चार हप्तामा कच्चा तेलको आयात औसतमा करिब ६६ लाख १० हजार ब्यारेल प्रति दिन छ, र यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै १२ लाख ४० हजार ब्यारेलले कमी हो ।    रासस/सिन्ह्वा

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');