त्रिभुवन विश्वविद्यालयमा चिनियाँ कन्फ्युसियस इन्स्टिच्युट स्थापना हुने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज २६, आइतबार ,०१:२१:PM  
त्रिभुवन विश्वविद्यालयमा चिनियाँ कन्फ्युसियस इन्स्टिच्युट स्थापना हुने

काठमाडौं । नेपालको जेठो त्रिभुवन विश्वविद्यालयमा चिनियाँ कन्फ्युसियस इन्स्टिच्युटको स्थापना हुने भएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङको दुई दिने नेपाल भ्रणमका क्रममा भएको सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा चिनियाँ टोलीले त्रिभुवन विश्वविद्यालयमा उक्त कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने समझदारी पत्र एक्सचेन्ज गरेका हुन् । 

नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मुख्य सचिव महेशप्रसाद दाहाल र चिनियाँ प्रतिनिधिले उक्त शैक्षिक संस्था स्थापनाका लागि समझदारी पत्र एक्सचेन्ज गरेका हुन् । 

कन्फ्युसियस इन्स्टिच्युट जनवादी चिनियाँ गणतन्त्र सरकारको शिक्षामन्त्रालय मातहतमा रहेको एउटा सार्वजनिक शैक्षिक संस्थान हो । यो शैक्षिक संस्थाको मुख्य उद्देश्य चिनियाँ भाषा, संस्कृतिलाई प्रचार गर्ने र अन्तर्राष्ट्रिय जगतमा चिनियाँ भाषाको अध्ययन अध्यापनलाई सहयोग गरी सांस्कृतिक लेनदेनमा सहजीकरण गर्ने हो ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top