काठमाडौं । विभिन्न २९ कम्पनीहरुले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन । पूर्वाधार बैंक, बिमा, जलविद्युत, मर्चेन्ट बैंकर र सेवा क्षेत्रका ती कम्पनीहरुले १९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको १९ करोड ६६ लाख ६५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।
यी मध्ये १३ कम्पनीले साधारणसभाबाट पारित गरी निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन । १३ कम्पनीले ४ अर्ब १८ करोड १५ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४ करोड १८ लाख १५ कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।
कम्पनीहरुको प्रस्तावको बोर्डले अध्ययन गरिरहेको छ । यस्तै १५ अर्ब ४८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न १६ कम्पनीहरुले सञ्चालक समितिबाट पारित गरी धितोपत्र बोर्डमा निवेदन दिने तयारीमा छन ।
सबैभन्दा ठुला आईपीओ नेपाल इन्फास्ट्रक्चर बैंकको छ । बैंकको आईपीओको आकार ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता छ । त्यसपछि नेपाल पुर्नबिमा कम्पनी लिमिटेडको छ ।
नेपाल पुर्नबिमाले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । सबैभन्दा कम आइपीओ सीआईबीएल क्यापिटल लिमिटेडको छ । सीआईबीएलको ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता रहेको छ ।
बोर्डमा आईपीका लागि आवेदन दिनेमा अधिकाँश जलविद्युत कम्पनी छन । नेपाल पुर्नबिमा कम्पनी लिमिटेड, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, लिवर्टी हाइड्रोपावर इनर्जी लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड र माउन्टेन नेपाल हाइड्रो लिमिटेडलगायत १३ कम्पनी छन ।
यस्तै चन्द्रागिरी हिल्स लिमिटेडले १० करोड, इन्फास्ट्रक्चर बैंकले ८ अर्ब, डिसहोम मिडिया नेटवर्क लिमिटेडले २० करोड रुपैयाँ छन । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गरी ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायन्स लाइफ इन्स्योरेन्स, रिलायवल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गरी ६ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको ६ करोड २८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।
यस्तै अर्घाखाँची सिमेन्टलगायत विभिन्न उत्पादनमुलक उद्योगले पनि आईपीओ निष्कासन गर्ने भएका छन ।
धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस ।