धानको समर्थन मूल्य २५ सय ३२ रुपैयाँ ८० पैसा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक ७, बिहीबार,०५:२०:PM  
धानको समर्थन मूल्य २५ सय ३२ रुपैयाँ ८० पैसा

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको लागि धानको समर्थन मुल्य तोकेको छ । चालू आर्थिक बर्ष २०७६/७७ मा धानकोे न्यूनतम सर्मथन मूल्य प्रतिक्विन्टल २ हजार ५३२ रुपैयाँ  तोकिएको हो ।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले धानको समर्थन मुल्य तोकेको बताएका हुन् । मध्यम धानको समर्थन मूल्य २ हजार ६७३ रुपैयाँ तोकिएको छ ।

गतबर्ष सरकारले मोटा धानको सर्मथन मूल्य प्रतिक्विन्टल २ हजार ३३१  र मध्यम धानको २ हजार ४६० रुपैयाँ समर्थन मुल्य तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');