नेपालमा लगानी विस्तार गर्दै वेलायतको सीडीसी ग्रुप, हिमालयन र एनएमबी बैंक हुँदै वर्ल्डलिंकको स्वामित्व खरिद

account_box युजु खालिङ ,
प्रकाशित: २०७६ कात्तिक ८, शुक्रबार,०२:५७:PM  
 नेपालमा लगानी विस्तार गर्दै वेलायतको सीडीसी ग्रुप, हिमालयन र एनएमबी बैंक हुँदै वर्ल्डलिंकको स्वामित्व खरिद

काठमाडौ । सेयर र ऋण गरी नेपालका २ ओटा वाणिज्य बैंकमा लगानी गरेको वेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी) ग्रुपले इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन प्राइभेट लिमिटेडको स्वामित्व खरिद गरेको छ । विगत ७० वर्षदेखि अफ्रिका र एसियामा लगानी विस्तार गरेको सीडीसी ग्रुपले नेपालमा पनि आक्रमक लगानी गर्न थालेको हो ।

नेपालको इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकमा १ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेको छ । सीडीसीले स्वामित्व खरिद गरेको वल्र्डलिंक नेपालको दोस्रो कम्पनी हो । सीडीसीले हविव बैंक पाकिस्तानको हिमालयन बैंकमा रहेको २० प्रतिशत स्वामित्व खरिद कार्य अन्तिम चरणमा पुगेको छ । खरिदबिक्री सम्झौता हुन मात्र बाँकी छ । हिमालयनको चलअचल सम्पत्ति दायित्व मूल्याँकन (डीडीए) सकिएको छ ।

यस्तै सीडीसीले एनएमबी बैंकलाई झण्डै २ अर्ब रुपैयाँ अर्थात १ करोड ५० लाख डलर ३ वर्षका लागि ऋण दिएको छ । वल्र्डलिंकको सेवा विस्तार गरी नेपालको दुर्गम क्षेत्रका हजारौ घरधुरीलाई इन्टरनेट सेवामा जोडनका लागि लगानी विस्तार गरेको सीडीसी ग्रुपका प्रवन्ध निर्देशक तथा एसिया प्रमुख श्रीनी नागराजनले बताए । सीडीसीको थप लगानीले वल्र्डलिंकले दिने सेवाको गुणस्तरमा धरै सुधार आउने उनले बताए । यस्तै सर्वसुलभ मूल्यमा ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा विस्तार गर्ने लक्ष्य सीडीसीकोे छ ।

\नेपालको साना तथा मझौला उद्योगमा इन्टरनेट सेवा पुर्याएर बजार पंहुचमा सहयोग पुर्याउने उनले जानकारी दिए । सीडीसीको लगानीले छिटो र छरितो इन्टरनेट सेवा विस्तारमा सहयोग पुग्ने उनको भनाई छ । वल्र्डलिंकले देशका विभिन्न दुर्गम तथा सुगम क्षेत्रमा गरी ८ हजार किलोमिटर लामो फाइवर बिच्छाइ इन्टरनेट सेवा प्रदान गरिरहेको छ । वल्र्डलिंक दुर्गम छत्रकोट र रुरु गाउँपालिकमासम्म पुगको छ । सीडीसीको सेवा विस्तारले थप १ हजार नेपालीलाइ रोजगारी दिने अवस्थामा पुग्ने नागराजनले बताए ।

सीडीसीको साझेदारीले जहाँ पनि जहिले पनि जोड्न सक्ने प्रयासलाई थप उत्साहका साथ नेटवर्क विस्तारमा सहयोग पुग्ने वल्र्ड लिंकका प्रवन्ध निर्देशक दिलिप अग्रवालको भनाई छ ।

युजु खालिङ

क्यापिटल नेपालका संवाददाता हुन्

थप

expand_more

कम

expand_less
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');