सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक १७, आइतबार ,०४:३९:PM  
 सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो 

मेलम्ची, १७ कात्तिक ।  अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । मुडे देउरालीबाट काठमाडौंका लागि छुटेको वा२ख ७२४५ नंको यात्रुवाहक बस सुनकोसी नदीमा खसेको हो । १० जना यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिए । उनका अनुसार केही शव खोलाले बगाएको छ ।

दुर्घटनाग्रस्त बस सुनकोसीमा डुबेको छ । बसमा ४० भन्दा बढी सवार थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उनले अहिले उद्धार जारी रहेको जानकारी दिए ।

घाइतेलाई सिन्धु सहाबहार अस्पताल तथा गम्भीर घाइतेलाई काठमाडौं लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी छ । रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');