पत्रकार जमुना वर्षालाई मिडिया आइडल अवार्ड 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक १८, साेमबार,१०:२४:AM  
पत्रकार जमुना वर्षालाई मिडिया आइडल अवार्ड 

पोखरा, १७ कार्तिक । सञ्चारिका समुह गण्डकी प्रदेशकी निर्वतमान अध्यक्ष जमुना वर्षा शर्मा मिडिया आइडल अवार्ड २०७६ बाट सम्मानित भएकी छिन् । नन्द इन्टरटेनमेन्ट हाउस पोखराले आयोजना गरेको सोसल आइडल अवार्ड अन्र्तगत पत्रकार शर्माले उक्त अवार्ड प्राप्त गरेकी हुन् । 
शर्मा हाल राष्ट्रिय समाचार समिति कास्कीको सम्बादाता एवं रेडियो जननी ९०।६ को कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत छिन् । शर्मा पर्यटन पत्रकार महासंघकी केन्द्रिय सचिव समेत रहेकी छिन् । डेढ दशक देखि पत्रकारिताको क्षेत्रबाट सामाजिक रुपान्तरणमा क्रियाशिल रहँदै आएकी शर्मालाई पोखरा विश्व विद्यालयमा उपकुलपति बुद्धिराज जोशीले अवार्ड प्रदान गरेका थिए । 

उक्त सोसल अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवं सामाजिक व्यत्तित्व मिना गुरुङ, नाटटा गण्डकीका अध्यक्ष एवं पर्यटन व्यवसायी सन्तोष पोखरेल र नेपाल जेसिजका पूर्व अध्यक्ष रवीन्द्र गुरुङलाई सोसल आइडल अवार्ड प्रदान गरिएको थियो । 

यसका साथै सामाजिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरुलाई विभिन्न उपाधिबाट सम्मान गरिएको नन्द इन्टरटेनमेन्ट हाउसका प्रबन्ध निर्देशक देवेन्द्र एसके शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');