ग्लोबल आईएमई बैंकको नाफा ४०.५५ प्रतिशत बढ्यो, ३ महिनामा ७५ करोड ३१ लाख 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक १९, मङ्गलबार,०८:०९:AM  
ग्लोबल आईएमई बैंकको नाफा ४०.५५ प्रतिशत बढ्यो, ३ महिनामा ७५ करोड ३१ लाख 

काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नाफा ४०.५५ प्रतिशत बढाएको छ । चालु आर्थिक वर्षको असोजसम्म बैंकले ७५ करोड ३१ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५३ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो । 

बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाशको वित्तीय विवरणमा नाफा २१ करोड ७२ लाख रुपैयाँ बढेको जानकारी दिएको छ । 

समीक्षा अवधिमा बैंकले १ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १अर्ब २० करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । ३ महिनाको नाफाबाट बैंकले सेयरधनीलाई २८ करोड ११ लाख रुपैयाँ नाफा वितरण गर्न सक्नेछ । 

चालु आर्थिक वर्षमा बैंकको निष्क्रिय कर्जा घटेर ०.८५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १.०५ प्रतिशत थियो ।

निक्षेप लागत घटेर ७.१३, सीसीडी रेसियो ७८.२६, आधारदर घटेर ९.४४ र स्प्रेडदर ४.९ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८७ पैसा छ । यस्तै प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ७० पैसा रहेको बैंकले जनाएको छ । 

समीक्षा अवधिसम्म बैंकले १ खर्ब २८ अर्ब ९९ करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब १८ करोड ४८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । निक्षेप गत वर्षको भन्दा झण्डै ८ अर्ब रुपैयाँ बढेको छ ।  समीक्षा अवधिमा निक्षेप र कर्जा वृद्धि हुनुका साथै तरलताको अवस्था पनि सहज रहेको बैंकले जनाएको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');