बार्षिक १८ अर्ब लैजान्छन् सुनचाँदीका गहना बनाउने भारतीय कालिगढले  

account_box अनिस मिजार ,
प्रकाशित: २०७६ कात्तिक १९, मङ्गलबार,०५:३५:PM  
बार्षिक १८ अर्ब लैजान्छन् सुनचाँदीका गहना बनाउने भारतीय कालिगढले  

काठमाडौं । नेपालमा सुनचाँदीका गहनाको व्यवसाय दिन प्रतिदिन बढ्दो छ । परम्परा, शोख या प्रदर्शनका लागि भएपनि सुनचाँदीका गहनामा बिशेष गरेर महिलाहरुले नयाँ नयाँ डिजाइन खोज्ने गर्छन् । ग्राहकका माग अनुसार नयाँ डिजाइनका गहना बनाउने दक्ष कालिगढहरु भने अधिकांश भारतीय रहेको व्यवसायीहरु बताउछन् । 

नेपालमा सुनचाँदीका व्यवसायीहरुको सख्यामा बृद्धी भए पनि स्वदशी कालीगढहरु भने घट्दै गएको सुनचाँदी व्यवसायी महासङघका पुर्वअध्यक्ष   तेजरत्न शाक्यले बताए । उनका अनुसार अहिले नेपालमा सुनचाँदीको कारोवार गर्ने व्यवसायीहरु २५ हजार भन्दामाथि छन । यो क्षेत्रमा काम गर्ने २ लाख भन्दा बढी कालीगढ  रहेका छन् । त्यसमध्य जसमा १ लाख ५० हजार कालिगढ भारतीय रहेको उनको भनाई छ । उनका अनुसार करिब ५० हजार कालिगढ मात्रै नेपाली रहेका छन् ।  

नेपालमा धेरै जसो मारवाडी, नेवारी र विश्वकर्मा समुदायहरुले सुनचाँदीको व्यवसाय गदै आएका छन् । जसमा उपत्यका तथा सहरी क्षेत्रकामा धेरै जसो मारवारी र नेवारी तथा स्थानीय स्तरमा विश्वकर्मा समुदायले व्यापारमा लागेको पाइनछ । ग्राहकले माग गरे अनुसार फेन्सी गहना बनाउने कालिगढ भने करिब १० प्रतिशतमात्र नेपाली रहेका छन् ।

बिशेष गरि शहरी क्षेत्रका ९० प्रतिशत सामान भारतीय कालिगढले बनाउने  शाक्यले बताए । उनिहरुले नेपालबाट मात्रै बार्षिक १८ अर्व रुपैयाँ भारत लैजाने उनको भनाई छ ।  सुनचाँदी व्यवसायीले बार्षिक ९ अर्व राजस्व तिर्दै आएको व्यवसायीहरुको भनाई छ । जसमा प्रत्यक्ष रुपमा ६ अर्व र अन्य आयकरबाट ३ अर्व राजस्व बुझाउने गरेको छ । ।
 

अनिस मिजार

क्यापिटल नेपालका संवाददाता हुन् 

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');