देशभर नयाँ पम्प खोल्न १ हजार ५० इजाजत माग

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २०, बुधबार,११:५९:AM  
देशभर नयाँ पम्प खोल्न १ हजार ५० इजाजत माग

 काठमाडौं । देशभर एक हजार ५० ओटा नयाँ पम्प खोल्ने इजाजत माग भएको नेपाल आयाल निगमले जनाएको छ । निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार अहिले माग भएका स्थान र सञ्चालनकहरुको कागजपत्र अध्ययन भइरहेको छ । अवको एक साताभित्र पहिलो चरणको अध्ययन सकिने र तेस्रो चरणको अध्ययनपछि मात्र अनुमति पाउने÷नपाउने टुङ्गो लाग्ने उनले बताए ।

प्रक्रिया पुरा गरेका सबै पम्पहरुलाई अनुमति दिने तयारी निगमको छ । निगमले २०७६ बैशाख १७ गते नयाँ पम्पको लागि आवेदन माग गरेको थियो । यस अघि २०६८ साल देखि इजाजत दिन बन्द गरेको थियो । निगमको नयाँ मापदण्ड अनुसार पम्प सञ्चालका लागि पूर्व–पश्चिम राजमार्गमा कम्तीमा १० कठ्ठा, व्यापारिक सडकमा सञ्चालन गर्न कम्तीमा ८ कठ्ठा, गाउँमा सञ्चालन गर्न ६ कठ्ठा र नमुना पम्पका लागि २० कठ्ठा जग्गा हुनुपर्ने छ।

 पम्पमा जडान हुने सफ्टवेयरलाई निगमको सफ्टवेयरसँग जडान गर्न मिल्ने सिस्टम राख्नुपर्ने, पार्किङको सुविधा, फायर इस्टिंग्यूसर, दक्ष कर्मचारी, शौचालय, विश्रामगृहलगायतका पूर्वाधार अनिवार्य गरिएको छ । पम्पको अनुमति लिन १० लाख धरौटी र ५० हजार आवेदन शुल्क सञ्चालकले बुझाउनु पर्छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले नयाँ पम्प सञ्चालनका लागि गाउँपालिकाका केन्द्रहरुबाट पनि धेरै माग आएको जानकारी दिए ।

स्थानीय तहको पुनःसंरचना सँगै गाउँपालिकामा बढ्दो चहलपहलकै कारण पेट्रोल पम्पहरु बढि मात्रामा त्यस्ता ठाउँहरुमा सञ्चालन हुन लागेको उनको भनाइ छ । यस अघि सदरमुकाम र हाइवेमा मात्र पम्प सञ्चालन हुने गरेको थियो । अव गाउँपालिकाको केन्द्रमै पम्प सञ्चालन हुने भएपछि इन्धनकै लागि सदरमुकाम धाउनु पर्ने बाध्यता अन्त्य हुने विश्वास निगमले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');