व्यवसायीले नकिन्दा बैंकमै थुप्रियो २ सय ३५ किलो सुन

account_box कमला अर्याल ,
प्रकाशित: २०७६ कात्तिक २०, बुधबार,१२:२९:PM  
व्यवसायीले नकिन्दा बैंकमै थुप्रियो २ सय ३५ किलो सुन

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ महँगिएपछि बैंकमा रहेको सुन बिक्री हुन छाडेको छ । सोहि कारण गत असार सुन बिक्री नहुदाँ बैंकको ढुकुटीमा २ सय ३५ किलोग्राम सुन थन्किएर बसेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ ।

सुन व्यवसायीले बैंकको सुन खरिद गर्न नचाहाकै कारण सुन स्टकमा रहेको संघको ठहर छ । ‘बैंकको सुन विकेको छैन, बजार केले धानेको छ अचम्म लाग्छ ।’ बैंकर संघका एक पदाधिकारीले भन्यो । नेपाली बजारमा दैनिक ५० किलाेग्रामसम्म सुन माग हुने व्यवसायीहरु बताउछन् । तर, बैंकमा सुन स्टक हुँदा पनि बजार कसरी चलिरहेको छ भन्ने बिषयमा बैंकरहरु आफै अचम्ममा परेको उनिहरु बताउछन् ।

बजारका ठूलो माग तस्करीको सुनले धानेको चर्चा यसअघिदेखि नै चल्दै आएको छ । तर, बैंकको सुन खरिदमा प्रक्रियागत झण्झटिलो काम भएकोले त्यति चासो नदिएको स्वयं व्यवसायी स्वीकार गर्छन् । बैंकर संघका अनुसार तिज, दशैं, तिहारजस्तो पर्वमा पनि बैंकका सुन सोचे अनुसार बिक्री भएन । तिहारमा ३ सय केजीको हाराहारीमा बजारमा सुन गएको थियो । स्रोतले भन्यो ‘तिहार यता त ठप्पै छ सुनको कारोबार, ,विक्री नै भएको छैन ।’

सामान्यतया वाणिज्य बैंकहरुले २० केजीका दरले सुनको आयात गर्दै आएका छन् । पहिले वाणिज्य बैंकले १५ केजी मात्रै सुन आयात गर्न पाउँथे । बजारको माग ४०/५० केजीको हाराहारीमा हुने र सुन आयात कम भएको भन्दै व्यवसायीले कोटा बढाउन माग गरेपछि नेपाल राष्ट्र बैंकले कोटा बढाएर २० केजी पुर्याएको थियो ।

चाडवाडमा सुनको माग पनि बढ्ने भएकाले २५ केजी आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । तर, अहिले पुनः २० केजी मात्र आयात गर्न पाउने व्यवस्था भएको छ । यसअघि बजारमा ३५ देखि ४० केजीको हाराहारीमा सुनको खपत हुन्थ्यो । तर अहिले खपत घटेर १८ केजीको हाराहारीमा पुगेको छ । विश्व व्यापारमा मन्दी आएका कारण पनि सुनको कारोबारमा गिरावट आएको सुनचाँदी महासंघका पूर्व अध्यक्ष मणीरत्न शाक्यले बताए ।

पुरानो सुनले पनि केही बजार माग धान्ने भएकाले नयाँ बैंकको सुन विक्री भएको उनको जिकिर छ । बैंकले ल्याउने सुनले मात्रै बजार माग धान्न नसक्ने भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिमा सुझाव संकलन गर्दै गर्दा व्यवसायीहरुले पनि सुनको आयात गर्न पाउनुपर्ने माग गर्दै आएका छन् ।

कमला अर्याल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अर्थतन्त्र बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');