वायुसेवा निगमले नारिता उडानको भाका सार्यो, फागुनदेखि सुरु गर्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २०, बुधबार,०१:३७:PM  
वायुसेवा निगमले नारिता उडानको भाका सार्यो, फागुनदेखि सुरु गर्ने 

काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारिता उडान गर्नका लागि भाका सारेको छ । जनवरी ३ अर्थात पुस १८ गतेबाट नारिता बिमानस्थलमा उडान गर्ने भनिए पनि ग्राउन्ड ह्याण्डलिङ नपाएको भन्दै फागुनमा मात्र उडान गर्ने निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।

उनले ग्राउन्ड ह्याण्डलिङको काम फागुन अगाबै भयो भने उडान पनि त्यही अनुसार ले अगाडि गर्ने जानकारी दिए ।जापानसंगको सुरुको बैठकमा जनवरीबाटै उडान गर्ने निर्णय भएपनि अन्तिममा ग्राउनह्याण्डलिङको समस्या देखाएर तत्कालका लागि उडान समय सार्न लगाएको उनको भनाइ छ ।

यस्तै साउदी अरव र चीन उडान पनि फागुन अर्थात मार्चमा हुनेगरी आवश्यक तयारी गरिरहेको अध्यक्ष खरेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');