फजुल खर्च घटाउदै वायुसेवा निगम, यो बर्ष १ अर्ब ६९ करोड जोगियो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २०, बुधबार,०५:३३:PM  
फजुल खर्च घटाउदै वायुसेवा निगम, यो बर्ष १ अर्ब ६९ करोड जोगियो

काठमाडौं । नेपाल वायुसेवा निगमले फजुल खर्च घटाउदै लाने भएको छ । निगमले एक बर्षमा बिभिन्न शिर्षक अन्तरगत हुने फजुल खर्च कटाएर २ अर्ब १७ करोड रुपैयाँ बचत गर्ने योजना बनाएको कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । आर्थिक वर्ष २०७६÷०७७ मा १ अर्ब ६९ करोड ३३ लाख ५२ हजार रुपैयाँ खर्च जोगाएको उनको भनाइ छ । 

निगमले हवाई इन्धन, हवाई रुट व्यवस्थापन, इन्जिनियरिङ, होटल र कर्पोरेट सेफ्टी डिभिजनमा खर्च घटाएको हो । आफू निगममा कार्यकारी अध्यक्ष भएर   आएयता फजुल खर्च कटौटीलाई बिशेष ध्यान दिएको उनले बताए ।  ‘सुरुमा कार्यालय भित्रै हुने खर्चलाई कटौती गर्दै विस्तारै घाटा घटाउदै जाने हाम्रो नीति हो’ अध्यक्ष खरेलले भने ‘यसमा हामी सफल भएका छौं ।’ 

निगमले हवाई इन्धनमा हुने फजुल खर्चलाई कटौती गरेको छ । अहिले आवश्यकता भन्दा बढि इन्धन ल्याउन रोक लगाएर नजिकका विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको सम्झौता गरी इन्धन हाल्ने व्यवस्था गरिएको छ । निगमले हवाई इन्धनको बचतबाट मात्र वार्षिक १० करोड भन्दा बढि जोगाउने  लक्ष्य लिएको छ । यसका लागि निगमले फ्लाइट वे (बाटो) लाई परिवर्तन गरी दूरी कम गर्नेदेखि अनावश्यक फ्यूँल स्टोर र ढुवानीलाई समेत कम गर्ने बताएको छ । 

जहाजको गति र उचाइलाई व्यवस्थित गरि वार्षिक २ करोड, होटल तथा खानपानको सुविधामा मितव्ययिता अपनाई वार्षिक २ करोड र इन्जिनियरिङ क्षेत्रबाट १० करोड भन्दा बढी बचत गर्ने लक्ष्य राखिएको उल्लेख छ ।  व्यवसायिक सुरक्षाबाट निगमले वार्षिक ५८ लाख ५५ हजार ८ सय रुपैयाँ बचत गर्ने लक्ष्य लिएको छ ।
 


 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');