सिभिल बैंकको ६.५५ प्रतिशत नगद लाभांस प्रस्ताव

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २१, बिहीबार,११:२४:AM  
सिभिल बैंकको ६.५५ प्रतिशत नगद लाभांस  प्रस्ताव

काठमाडौं । सिभिल बैंकले शेयरधनीलाई ६.५५ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको कार्तिक २० गते सम्पन्न २८८ औं बैठकले नगद लाभांशको घोषणा गरेको हो।

गत आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट शेयरधनीलाई नगद लाभांश मात्रै वितरण गर्ने भएको छ। बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको ५२ करोड ५८ लाख २२ हजार ७०१ रुपैयाँ बराबरको नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');