भारतद्वारा बुढानीलकण्ठ नारायण मन्दिरका लागि भारतद्वारा मठाधीश भवनको निर्माण 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २१, बिहीबार,११:३६:AM  
भारतद्वारा बुढानीलकण्ठ नारायण मन्दिरका लागि भारतद्वारा मठाधीश भवनको निर्माण 

काठमाडाैं ।  नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले काठमाडौको बुढानीलकण्ठ नगरपालिकामा स्थित बुढानीलकण्ठ नारायण मन्दिरको नवनिर्मित मठाधीश भवनको उद्घाटन गरेका छन् । सो उद्घाटन समारोहमा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुन्दर राज वैद्य लगायत राजनीतिक नेतृत्वकर्ताहरुको सहभागीता थियोे ।


यो मन्दिर काठमाडौं जिल्लाको उत्तर तर्फ शिवपुरी डाँडाको काखमा अवस्थित छ । यस धार्मिकस्थलको पोखरीको मध्य भागमा नागहरुको शैय्यामा पल्टिरहेको भगवान विष्णुको मूर्ति सम्भवतः नेपालको सबैभन्दा ठूलोे प्रस्तर मूर्ति हो । संसारभरी रहेका हिन्दू धर्मावलम्बीहरुका लागि यस श्री बुढानीलकण्ठ मन्दिरले ठूलो धार्मिक तथा सांस्कृतिक महत्व राख्दछ । 


यस मन्दिरको दर्शन गर्न भारत तथा विश्वको अन्य स्थानहरुबाट दैनिक रुपमा हजारौको संख्यामा तीर्थयात्रीहरु आउँछन् । मन्दिर परिसरमा निर्मित यस मठाधीश भवन भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्धको प्रतीकको रुपमा रहनेछ । 

 


भारत सरकारको ने.रु. २ करोड १८ लाख रुपैयाँ अनुदान सहयोगमा निर्माण भएको नवनिर्मित यस तीन तल्ले भवनले मठाधीश तथा युवा भिक्षुहरुलाई आश्रय दिनेछ । जिल्ला समन्वय समिति काठमाडौंैंले यस परियोजनालाई कार्यान्वयन गरेको हो ।  
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी प्रदेश -३ बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');