नेपाल क्लियरिङ हाउसलाई ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २१, बिहीबार,११:४०:AM  
नेपाल क्लियरिङ हाउसलाई ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान

काठमाडौं । नेपाल क्लियरिङ हाउसलाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिने भएको छ । ‘साफा बेस्ट प्रेजेन्टेड एन्योल रिपोर्ट अवार्ड’ अन्तर्गत सन् २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ क्लियरिङ हाउसलाई सो अवार्ड प्रदान गरिने भएको छ ।

दक्षिण एशियाली राष्ट्रहरुबाट सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनका आधारमा साउथ एशियन फेडेरेशन अफ अकाउन्टेन्ट्स साफा समितिद्वारा पारदर्शितामा सुधार, उत्तरदायित्व तथा गभर्नेन्सलाई मूल्यांकन गरेर विभिन्न विधामा अवार्ड प्रदान गरिने छ । साफाले सो अवार्ड बंगलादेशको ढाकामा ३० नोभेम्बर मा आयोजना हुने समारोहमा हस्तान्तरण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');