नयाँ विद्यालय खोल्न अनुपति नदिने महानगरको निर्णय

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २१, बिहीबार,११:५७:AM  
नयाँ विद्यालय खोल्न अनुपति नदिने महानगरको निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागी अनुमति नदिने निर्णय गरेको छ । महानगरपालिकाले महानगरभित्र भएका बिद्यालयहरुको स्तरोन्नती गर्ने तथा व्यवस्थित बनाइ गुणस्तरीय शिक्षा दिने उद्देश्यले नयाँ विद्यालय खोल्ने अनुमति नदिने निर्णय गरेको महानगर शिक्षा शाखाका प्रमुख मोति भट्टर्राले बताए ।

उनले भने ‘अब महानगरभित्र नयाँ विद्यालय सञ्चालन गर्न नपाउने तर भएका विद्यालयले तह बढाउन पाउने छन्, उनले भने ‘अहिले पाँच कक्षासम्म सञ्चालनमा रहेकाले ७ कक्षासम्म बढाएर विद्यालय सञ्चालन गर्छु भन्न पाए तर परै नयाँ विद्यालयचाँही खोल्न पाउँदैनन् ।’ काठमाडौं महानगरपालिकाले संबिधानले दिएको अधिकारलाई प्रयोग गर्दै आफ्नो कार्यक्षेत्र भित्र रहेका विद्यालयलाई नियमन गर्न नयाँ विद्यालय सञ्चालनमा अनुमति नदिने निर्यय गरेको उनको भनाई छ । हाल महानगर भित्र ९१ ओटा सामुदायीक र ६ सय ६३ ओटा संस्थागत विद्यालय रहेका छन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');