पाैने २ अर्व मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २१, बिहीबार,०१:०४:PM  
पाैने २ अर्व मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ अर्व ६३ करोड ९४ लाख रुपैँया मुद्धति निक्षेपमा राख्ने भएको छ । राष्ट्र बैंकले लगानी संबन्धी सूचना जारी गर्दै सो रकम मुद्दतिमा राख्न चाहेको जनाएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्व ३१ करोड १६ लाख रुपैँया, विकास बैंकमा २४ करोड ५९ लाख र वित्त कम्पनीमा ८ करोड ९ लाख निक्षेप मुद्दतिमा राख्न लागेको हो ।

राष्ट्र बैंकले सो निक्षेपका लागि शुक्रबार १ बजेसम्म सम्पर्क गर्न तीनै वर्गका बैंक तथा वित्तिय संस्थालाई आब्ह्वान गरेको छ । सो निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा भएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको तथा कर्जा÷स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको लगायत हुनुपर्ने शर्त राष्ट्र बैंकले तोकेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');