साताको अन्तिम दिन पनि घट्याे नेप्से

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २१, बिहीबार,०३:४४:PM  
साताको अन्तिम दिन  पनि घट्याे नेप्से

साताको अन्तिम दिन नेप्से सूचक बिहीबार ६.०५ अंकले घटेर ११३१.९७ विन्दुमा आइपुगेको छ । बिहिबार १६३ कम्पनीको ३७ करोड ४१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुदाँ १२ लाख ९६ हजार ८७७ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

नेप्सेमा ११ वटा समूहको सेयर कारोबार भएको देखिएको छ । जसमा ३ समूहको सूचक बढेका छन् । तर, विकास बैंकहरुको सेयर कारोबार भए पनि नेप्सेको साइटमा यस समूहको उपसूचक देखिएको छैन । नेप्सेको साइटमा बिकाश बैंकको उपसुचकमा गडबडी हुदा लगानीकर्ताहरु भने अन्योलमा परेका छन् । विकास बैंकहरुको सेयर कारोबार हुने तर नेप्सेको साइटमा यो समूहको उपसूचक नदेखिनुले लगानीकर्ता दुविधामा परेका हुन् ।

यस दिन वाणिज्य बैंक समूहको सूचक ६.६६ अंकले घटेको छ । कारोबार रकममा एनएमबि बैंक अग्रस्थानमा छ । एनएमबिको ११ करोड २६ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । रिडी हाइड्रको सेयर भाउ सबैभन्दा बढी ५.१९ प्रतिशतले घटेर ७३ रुपैयाँमा आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');