नेपाल बैंकको नाफा घट्यो, ३ महिनामा साढे ६ करोड मात्र बाँड्न सक्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार,०९:१४:AM  
नेपाल बैंकको नाफा घट्यो, ३ महिनामा साढे ६ करोड मात्र बाँड्न सक्ने 

काठमाडौं । सरकारको स्वामित्व रहेको नेपाल बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नाफा ३६ प्रतिशत घटेर ५८ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ९१ करोड ३८ लाख रुपैयाँ नाफा गरेको थियो । 

बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष असोजसम्मको वित्तीय विवरणमा नाफा ३३ करोड २० लाख रुपैयाँ घटेको छ । कर्मचारीको लागत र ब्याज खर्च बढेपछि नाफामा असर परेको बैंकले जनाएको छ । बैंकमा सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत स्वामित्व छ । 

समीक्षा अवधिमा बैंकले १ अर्ब ३२ करोड ८२ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३६ करोड ९९ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७२ पैसा छ । प्रतिसेयर नेटवर्थ २९९ रुपैयाँ ८१ पैसा छ । असोजसम्म गरेको नाफाबाट बैंकले ६ करोड ५६ लाख रुपैयाँ मात्र सेयरधनीलाई वितरण गर्न पाउने भएको छ । 

बैंकको निष्क्रिय कर्जा २.७५, निक्षेप लागत ५.२२, सीसीडी रेसियो ६८.६३, आधारदर ७.८४ र स्प्रेडदर ४.४७ प्रतिशत रहेको बैंकले जनाएको छ । 

बैंकको सञ्चित कोषको आकार १३ अर्ब २५ करोड रुपैयाँ छ । समीक्षा अवधिसम्म बैंकले १ खर्ब १४ अर्ब ७९ करोड रुपैयाँ निक्षेप परिचालन गरी ९२ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');