नयाँ विद्युत ऐन कुर्दै पावर एक्सचेन्ज कम्पनी, सञ्चालनको आन्तरिक गृहकार्यमा

account_box हरिप्रसाद शर्मा ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार,०९:४१:AM  
नयाँ विद्युत ऐन कुर्दै पावर एक्सचेन्ज कम्पनी, सञ्चालनको आन्तरिक गृहकार्यमा

काठमाडौं । बिजुलीको व्यापार गर्न निजी क्षेत्रबाट स्थापना गरिएको नेपाल पावर एक्सचेन्ज लिमिटेडले अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ विद्युत ऐनको पर्खाइमा रहेको छ ।

हालको विद्युत ऐनमा निजी क्षेत्रले कम्पनीमार्फत बिजुलीको व्यापार गर्न नपाउने व्यवस्था भएपछि लाइसेन्स प्रक्रिया रोकिएको हो ।

प्रस्तावित ऐनको मस्र्यौदामा निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिने व्यवस्था गरिएको छ । ऐन संघीय संसदबाट पारित नभएकाले कम्पनी सञ्चालनमा ढिलाइ हुन गएको हो । प्रस्तावित ऐनमा निजी क्षेत्रलाई पनि विद्युतको व्यापार खुला गर्ने तयारी भएको छ ।

६ महिनाअघि नै निजी क्षेत्रले १० करोड रुपैयाँ लगानीमा कम्पनी स्थापना गरेको छ । सरकारबाट लाइसेन्स नपाए पनि कम्पनी सञ्चालनका लागि आन्तरिक गृहकार्य गरिरहेको संस्थापक तथा स्वतन्त्र ऊर्जा उत्पादक संस्था (ईपान) का उपाध्यक्ष कुमार पाण्डेले बताए ।

उनले यसबीचमा भारत र बंगलादेशका व्यापार कम्पनीसंग सहकार्य अघि बढाएको जानकारी दिए । ऐनमै व्यवस्था नभएपछि सञ्चालनका लागि लाइसेन्स पाउन नसकेको उनले स्पष्टपारे ।

नयाँ विद्युत ऐनमा निजी क्षेत्रले पनि विद्युत व्यापार गर्न पाउने व्यवस्था हुन लागेकाले संघीय संसदले ऐन पारित गरेपछि मात्र कम्पनी सञ्चालनमा आउने पाण्डेले जानकारी दिए ।  

कम्पनी सञ्चालनका लागि नयाँ एने कुरेको उनले सुनाए ।  । अहिलेको ऐनमा निर्यात गर्ने व्यवस्था छ तर व्यापार कम्पनीको व्यवस्था नहुँदा लाइसेन्स नपाएको उनको भनाई छ ।  । 

निजी क्षेत्रले पनि आफुले उत्पादन गरेको बिजुली बेच्न कम्पनी स्थापना गरेको हो । नेपाल विद्युत प्राधिकरणबाट मात्र बिजुली खरिदबिक्री हुँदै आएकोमा अब कम्पनी नै स्थापना गरेर विद्युत व्यापार गर्नका लागि निजी क्षेत्र अगाडि बढेको हो ।

निजी क्षेत्रले कम्पनी सञ्चालनमा ल्याएपछि विद्युत व्यापारमा प्रतिस्पर्धाका साथै  विद्युत प्राधिकरणको एकाधिकार पनि अन्त्य हुनेछ ।

कम्पनी स्थापना गर्न ऊर्जा उद्यमीहरु ज्ञानेन्द्रलाल प्रधान, कुमार पाण्डे, कुशकुमार जोशी, नरेन्द्र पन्त, सुधीरप्रसाद तिमल्सिनालगायत एक दर्जनको लगानी रहेको छ ।

हाइड्रो सलुसन्स प्रालि, नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, नाग्दी ग्रृुप लिमिटेड, लिवर्टी इनर्जी लिमिटेड, पिखुवाखोला हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको लगानी रहेको छ  ।

कम्पनीले नेपालका जलविद्युत आयोजनाका अतिरित्त भारतीय कम्पनीसंग विद्युतको आयात र निर्यात व्यापार गर्ने छ । जलविद्युत आयोजनाका प्रवद्र्धकबाट कम्पनीले सिधै विद्युत खरिद गर्न सक्नेछ ।  

भारतले विद्युत व्यापारमा खुला गरेपछि कम्पनीले भारतका एनभीएन विद्युत व्यापार कम्पनी, पावर ट्रेडिङ कर्पोरेशन (पीटीसी) लगायत संस्थासंग विद्युत व्यापार भइरहेको छ । 

 

हरिप्रसाद शर्मा

क्यापिटल नेपालका संवाददाता हुन् 

थप

expand_more

कम

expand_less
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');