चैनपुर सेती र माथिल्लो मोदी आयोजना बनाउन कोरियामा छलफल, लगानी गर्न केएचएनपीलाई आग्रह

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार,११:३७:AM  
चैनपुर सेती र माथिल्लो मोदी आयोजना बनाउन कोरियामा छलफल, लगानी गर्न केएचएनपीलाई आग्रह

काठमाडौं । चैनपुर सेती र माथिल्लो मोदी जलविद्युत आयोजना बनाउने विषयमा नेपाल विद्युत प्राधिकरण र कोरिया हाइड्रो एन्ड न्युक्लियर पावर कम्पनी लिमिटेड (केएचएनपी) बीच छलफल भएको छ । कोरियाको राजधानी सिउलमा अहिले छलफल भइरहेको छ । 

विद्युत प्राधिकरणले २१० मेगावाटको चैनपुर सेती र ६० मेगावाटको माथिल्लो मोदी आयोजना बनाउन केएचएनपीलाई अनुरोध गरेको छ । यी दुबै आयोजनाको संभाव्यता अध्ययन भइसकेको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, सञ्चालक र केएचएनपीका प्रतिनिधिबीच वार्ता भएको हो । विद्युत प्राधिकरणले यी दुई आयोजना बनाउन लगानीका लागि आग्रह गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');