बैंकिङ एक्स्पो मंसिर १ र २ मा 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार,०५:२६:PM  
  बैंकिङ एक्स्पो मंसिर १ र २ मा 

काठमाडौँ । आगामी मंसिर १ र २ गते बैंकिङ एक्स्पो हुने भएको छ । मिडिया इन्टरनेशनलले एउटै छानामुनि बैंकिङ, बीमा, शेयर बजार, रेमिट्यान्स तथा फाइनान्सियल टेक्नोलोजीको सूचना प्रदर्शन तथा उद्यमशीलता र बैंकिङ लगानीका सवालमा सूचना प्रवाह गर्न बैंकिङ एक्स्पोको आयोजना गर्न लागेको हो । सो एक्पो भृकुटी मण्डपमा संचालन हुने भएको छ ।

मिडिया इन्टरनेशनलले तेस्रो पटक बैंकिङ एक्स्पो गर्न लागेको हो । सो एक्पोलाई नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको छ भने बीमा समितिको सहकार्य, नेपाल धितोपत्र बोर्डको साझेदारी रहेको छ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल माइक्रोफाइनान्स बैंकर्स संघले पनि एक्पोलाई सहयोग गरेका छन् ।

यसपालीको एक्पोमा भिजिट नेपाल २०२० लाई मध्यनजर गर्दै ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)लाई पनि सहभागी गराइएको छ । 

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');