उद्योगी रुप ज्योतीको गिरफ्तारी प्रति चेम्बरको आपत्ति 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार,०६:०५:PM  
उद्योगी रुप ज्योतीको गिरफ्तारी प्रति चेम्बरको आपत्ति 

काठमाडाैं । लामो समय देखि नेपालको औद्योगिकीकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका उद्योगपति तथा व्यवसायी रुप ज्योतीको गिरफ्तारी प्रति नेपाल चेम्बर अफ कमर्सले गम्भीर आपत्ती भएको जनाएको छ । 

अपराध नै प्रमाणित नभई केवल उजुरीको भरमा विदेशबाट स्वदेश फर्कदा सिधै एयरपोर्टबाट रुप ज्योती र उनकी छोरी सुरुची सहित पक्राउ गरिएकोप्रति चेम्बर मर्माहित भएको विज्ञप्तीमा जनाइएको छ ।

 

देशमा ठूला लगानी गरेको र नियमित रुपमा उल्लेखनिय राजश्व योगदान गरी रहेका उद्यमी÷व्यवसायीलाई अमर्यादित व्यवहार गरिदा सम्पूर्ण निजी क्षेत्र हतोत्साहित मात्र नभई लगानीमैत्री वातावरणमा समेत प्रतिकुल प्रभाव पर्न जाने चेम्बरले जनाएको छ । 

कानून परिपालनका क्रममा निजी क्षेत्रका उद्यमी÷व्यवशायीलाई सम्मानजनक व्यवहार होस् भन्ने तर्फ चेम्बरले अनुरोध गरेको जनाएको हो । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');