काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नेपालले चीनबाट सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्राप्त गरेको छ । यसअवधिमा ९० प्रतिशत एफडीआई चीनबाट प्राप्त गरेको उद्योग विभागले जनाएको छ ।
यसअवधिमा नेपालले साढे ९ करोड डलर अर्थात १० अर्ब रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता प्राप्त गरेकोमा ८ करोड ८० लाख डलर झण्डै ९ अर्ब रुपैयाँ चीनबाट आएको छ । गत वर्षको सोही अवधिमा चीनबाट १ करोड ११ लाख डलर एफडीआई आएको थियो ।
लगातार ४ वर्षदेखि चिनियाँ एफडीआई हावी भइरहेको विभागको भनाई छ । पछिल्लो समयमा चीनको हिमालयन मुलुक नेपालमा एफडीआईको बढ्दो देखिएको छ । चिनियाँ लगानी बढेकाले यो वर्ष एफडीआई प्रतिवद्धता दोब्बर बढेको विभागले जानकारी दिएको छ । गत वर्षको सोही अवधिमा कुल ४ करोड २६ लाख ३० हजार डलर एफडीआई थियो ।
समीक्षा अवधिमा वेलायलबाट १८ लाख ८५ करोड डलर, भारतबाट १७ लाख ६० हजार एफडीआई प्रतिवद्धता आएको छ । यस्तै बंगलादेश र जापान एफडीआई ल्याउनेमा पाँचौ मुलुक परेका छन । नेपालमा चीनको एफडीआई हावी भइरहेको विभागका महानिर्देशक जीवनप्रकाश सिटौलालले सिन्ह्वा न्युजलाई बताए ।
नेपालबाट जलविद्युतमा बढी लगानी प्राप्त गरिरहेको र यसले औद्योगिक विकासमा सहयोग पुर्याउने नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले बताउछन ।
चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणपछि नेपालमा थप चिनियाँ लगानी आउने देखिएको उनको भनाई छ । राजनीतिक स्थायित्व, नीतिगत सुधार, नयाँ वैदेशिक लगानी ऐन र औद्योगिक व्यवसाय ऐनका साथै भन्सार प्रक्रियामा सरलिकरण भएकाले एफडीआई बढेको महानिर्देशक सिटौलाको भनाई छ ।
चीनबाट जलविद्युतका अतिरित्त सिमेन्टमा ठुलो लगानी आएको छ । होङसी सिमेन्ट उद्योग सञ्चालनमा छ भने ह्वासिन सिमेन्टको प्लाण्ट निर्माणको क्रममा छ । ७५ मेगावाटको दुई जलविद्युत आयोजना सञ्चालन गरिरहेकोमा ७६२ मेगावाटको तमोर र १२० मेगावाटको रसुवाभोटेकासी जलविद्युत आयोजना पनि निर्माण हुने भएको छ ।