काठमाडौं । व्यावसायी रुप ज्योतिले न्यायाधीसका सामु ठगीको आरोप लगाएर आफनो बदनाम गराउन षड्यन्त्र भइरहेको बताएका छन् । आइतबार काठमाडौं जिल्ला अदालतमा बयानका लागि प्रस्तुत भएका ज्योतिले न्यायाधीस ओमप्रसाद अर्यालसामु ठगीको आरोप आफुलाइ फसाउन खोज्ने संयन्त्र भएको बताए ।
उनले आफुलाइ कुन आधारले पक्राउ गरी हिरासतमा राखियो ? आफनो वहस गर्दै न्यायधीशले वहसका क्रममा बताए । उनले आफुलाइ ठगीको ट्याग लगाएर न्याय र आफ्नो प्रतिष्ठामाथि बलात्कार गर्न खोजिएको न्यायाधीस सामु बताए ।
बयानका क्रममा ज्योतिले भने, ‘मलाइ कुन आधारमा हिरासतमा राखियो । त्यो मलाइ पनि थाहा भएन् । ठगीको बिल्ला लगाएर मेरो बिजनेस र मेरो परिवारको साख ध्वस्त पार्ने षड्यन्त्र गरियो श्रीमान । यस्तो षड्यन्त्रपूर्वक जुन मुद्धा फसाउन खोजिदैछ, यो त सरासर न्यायमाथि अत्याचार भएन र श्रीमान ?
वहसका क्रममा उनले आफु सिंगापुरबाट एक हप्ताका लागि समय लिएर आएको बताउँदै एयरपोर्टमा ओर्लनासाथ प्रक्राउपूर्जी गरिएको प्रति न्यायाधीस ओमप्रसाद अर्यालको ध्यानाकर्षण गराए ।
उनले भने, ‘म र मेरो परिवार सिंगापुरमा थियौं । म एक हप्ताका फर्कने गरी नेपालका आएका मान्छे । एक हप्ताको समय बित्न लाइसक्यो । तर, अहिलेसम्म यो झमेलामा आखिर किन पारिँदैछ श्रीमान् । एयरपोर्ट ओर्लनासाथ पक्राउ किन र कुन आधारले गरियो ।’
उनले आफु ल्यान्डमार्क आफ्नो नाममा नरहेको र त्यस्को सञ्चालक समेत नरहेको बताए । आफुलाइ हिरासतमा राख्नुभन्दा साधारण तारेखमा छाडी थप अनुसन्धान गर्नुपर्नेमा आफुमाथि अन्याय भएको उनले बताए । उनले आफुलाइ साधारण तारेखमा छाडिदिन न्यायाधीससामू आग्रह समेत गरे ।
आफुले सिंगापुर भन्दा पनि नेपालमै केही भन्ने व्यक्ति भएको र आफ्नो परिवारलाइ पनि यतै बिजनेश गर्न सहयोग गरेको बयानका क्रममा बताए । उनले सिंगापुर रहेकी आफ्नी छोरी सुरुचीलाइ अनायसै पक्राउपूर्जी जारी गरि अन्याय गर्ने काम भएको बताए ।
उनले भने, ‘म सिंगापुर भएको मान्छे। यही कुरा फेस गर्न भनेर म आएको हो। मेरो अमेरिका बस्ने छोरीलाई नेपालमै केही गर्नुपर्छ भनेर मैले बोलाएको हो। म भाग्नुपर्ने कुनै कारण छैन। साधारण तारेखमा रिहा हुन पाउ । यता, बयानमा उपस्थित ज्योतीकी छोरी सुरुचीले भने कुनै पनि प्रतिक्रिया व्यक्त गरिनन् ।
बाँसवारीस्थित ल्याण्डमार्क डेभलपर्स प्रालि र विजेन्द्रकृष्ण मल्लबीच २०७१ सालमा घर निर्माणसम्बन्धी सम्झौतापछि विवाद बढ्दै जाँदा ज्योति बिहिबार पक्राउ थिए । सम्झौतामा ६ आना ३ दाम २.१६ पैसा जग्गामा घर बनाएर मल्ललाई हस्तान्तरण गर्ने कुरा उल्लेख थियो ।
त्यही सम्झौताको आधारमा मल्लले कम्पनीलाई १ करोड ३६ लाख बुझाएका थिए । ल्याण्डमार्क घर बनाउन सीई कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो । तर त्यसमा घर नबनेपछि मल्लले आफु ठगिएको भन्दै प्रहरी हुँदै अदालत पुगेका थिए । मल्लले २०७५ मंसिर १६ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । प्रहरीले ज्योतिलाई पक्राउ गर्न अदातलबाट आदेश लिएको थियो ।
त्यो आदेशको खारेजीको माग गर्दै ज्योति सर्वोच्च अदालत गएका थिए । यहि मुद्धामा कार्तिक १८ उनको माग नपुग्ने भन्दै सर्वोच्चले रिट खारेज गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आइतबारको बहसले ज्योतीलाई थप अनुसन्धानका लागि ५ दिन थुनामा राख्न आदेश दिइएको छ । आइतबार अदालतमा डा. ज्योति आफैले बहस गरेका थिए । यसअघि जिल्ला अदालतले ३ दिन थुनामा राखेर अनसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।