चीनको छिन्दाओ नगर काठमाडौं महानगरसँग सम्बन्ध स्थापना गर्न इच्छुक

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २५, साेमबार,०५:२०:PM  
चीनको छिन्दाओ नगर काठमाडौं महानगरसँग सम्बन्ध स्थापना गर्न इच्छुक

काठमाडौं । चीनको छिन्दाओ नगरका प्रतिनिधि मण्डलले काठमाडौं महानगरसँग सम्बन्ध स्थापना गर्न इच्छुक रहेको बताएको छ । सोमबार छिन्दाओ नगरपालिका पिपुल्स कंग्रेस, स्थायी कमिटिका महासचिव याङ् पेङ्मिङ्ले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यसँग भेट गर्दै यस्तो इच्छा राखेका हुन् ।

‘काठमाडौं घुम्न आउँदा हामीलाई आनन्द लाग्यो । अझ धेरै ठाउँ घुमुँ घुमुँ लाग्यो । यदि तपाई हाम्रोमा आउनुभयो भने नदीको किनारामा भएको हाम्रो सहर देखेर खुशी हुनुहुनेछ । महासचिव पेङ्मिङ्ले भने ‘हाम्रो सहरमा बिद्युतजन्य सामानहरु उत्पादन हुन्छ । त्यहाँका सामान काठमाडौं ल्याउन सक्छौं । हामी काठमाडौंलाई प्रबिधि, प्राबिधिक बिषय उद्योग वाणिज्य र अर्थतन्त्रका क्षेत्रमा सहयोग गर्न चाहन्छौं ।’

काठमाडौंको बिकासमा चीनबाट प्राप्त सहयोगको महानगर प्रमुख शाक्यले प्रशंशा गरेका छन । ‘हामीले चीनबाट धेरै सिकेका छौं । त्यहाँबाट सिकेको कुरा काठमाडौंसँग मिल्नेजति कार्यान्वयनमा पनि ल्याउने प्रयास गरेको छौं’ उनले भने ‘हामीसँग चीनका ५ वटा सहरसँग भगिनी सम्बन्ध स्थापना भइसकेको छ ।’ छिन्दाओ नगर पूर्वी चीनमा रहेको सहर हो । यो सहर ११ हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको छ । यस सहरमा ९३ लाख मानिस बसोबास गर्छन् । प्रबिधिको बिकास र प्रबिधिजन्य सामान उत्पादनमा यो सहरको नाम अग्रपङ्तिमा आउँछ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप