पार्दिस्थित फिष्टेल एकेडेमीकाे नवनिर्मित भवन सिलन्यास,गुणस्तरीय शिक्षाका लागि व्यवस्थित पूर्वाधार आवश्यश्यक–जीसी 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २९, शुक्रबार,०५:१०:PM  
पार्दिस्थित फिष्टेल एकेडेमीकाे नवनिर्मित भवन सिलन्यास,गुणस्तरीय शिक्षाका लागि व्यवस्थित पूर्वाधार आवश्यश्यक–जीसी 

पोखरा, २९ कात्तिक । विगत २६ वर्ष देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पार्दिस्थित फिष्टेल एकेडेमीले शुक्रबार अन्तराष्ट्रिय मापदण्डको नवनिर्मित विद्यालय भवनको शिलान्यास गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले उक्त विद्यालयको भवनको शिलान्यास गरे।

प्रमुख जिसीले गुणस्तरीय शिक्षाका लागि व्यवस्थित पूर्वाधारको आवश्यकता औल्याए ।  प्रतिष्पर्धाको समयमा गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिनु पर्ने भन्दै शिक्षामा निजी क्षेत्रको लगानी राम्रो भएकोले यसलाई नतिजामुखी बताए ।

सरकारको तीन खम्बे नीतिमा निजी क्षेत्र पनि रहेकाले नीजि क्षेत्रले शिक्षामा गरेको लगानीलाई परिणाममुखी बनाउनु पर्नेमा उनको भनाइ थियो ।समृद्ध नेपाल निर्माणमा शिक्षाको महत्वपूर्ण भूमिका हुने भएकाले सबै जनता र बालबालिकाहरुलाई सबैभन्दा पहिले शिक्षाको पहुँच भित्र ल्याउने सरकारको प्राथमिकता रहेको बताए ।

एकेडेमीका संस्थापक एवं निर्देशक चिनु रानाभाटले जीवनको महत्वपूर्ण समय शिक्षा क्षेत्रमा विताएकाले अझ यस क्षेत्रलाई अत्याधुनिक र प्रविधि मैत्री बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ विद्यालय भवन बनाउन लागेको जानकारी दिए ।  १८ रोपनी क्षेत्रफलमा भूकम्प प्रतिरोधात्मक बहुउद्देश्यीय भवनहरु, ल्याब, जुनीयर सिनियर विद्यार्थीकालागि छुट्टा छुट्टै खेलकुद मैदान, अण्डर ग्राउण्ड पार्किङ, बहुउद्देश्यीय डिजिटल हल, अभिभावक शिक्षक मिटिङ हलसहित अन्तराष्ट्रिय मापदण्डको विद्यालय बनाइने उनले बताए । अत्याधुनिक भवनमा पानीको फोहोरा सहितको हरियाली बगैचाले विद्यालयलाई थप मनमोहक बनाउने रानाभाटले जानकारी दिए ।

माछापुच्छ्रे हिमालको काखमा निर्मित अन्तराष्ट्रिय मापदण्ड सहितको विद्यालयको भौतिक संरचनाले विद्यार्थी र अभिभावकलाई फरक अनुभव र गर्व गर्ने वातावरण विद्यालयले प्रदान विद्यालयका प्राचार्य बुद्धि मोहन पौडेलले बताए । हाल म्यानेजमेन्ट संकायमा मात्रै  पढाई हुँदै आएको विद्यालयमा भवन निर्माणसँगै विज्ञान संकाय र अन्य प्राविधिक विषयको समेत अध्यापन गराइने कार्यक्रम रहेको पौडेलले जानकारी दिए ।   हाल विद्यालयमा ७६ जनशक्ति रहेको छ भने ११ सय विद्यार्थीहरुले अध्ययन गरिहेका छन् । 

राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ, सरस्वती गुरुङ जस्ता खेलाडी र मुस्कान रानाभाट जस्ता गायीका समेत उत्पादन गर्न सफल स्कुलले पढाइको अलावा अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई उत्तिकै सक्रिय सहभागिता गराउँदै आएको छ । 

कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यत्तित्व देखि स्थानीय जनप्रतिनिधि र सामाजिक व्यक्तित्व एवं अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कक्षा १० कि सदिक्षा आर्चाय र शिक्षक भरत खड्काले विद्यालयको बारेमा आफ्नो धारणा राखेका थिए ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पूर्वाधार बाट थप