काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीबी नेपालले बैंकिङ क्षेत्रमा गलत मान्छेको प्रवेश भएको बताएका छन् । बैंकिङ क्षेत्रमा पढेलेखेका जनशक्ति भएपनि सोच गलत भएकाले आर्थिक विकासमा सही योगदान पु¥याउन नसकेको उनले बताए । आजदेखि भृकुटि मण्डपमा आयोजना भएको बैंकिङ एक्स्पोमा बैंक तथा बित्तिय सस्थाहरुको उपस्थिती कम देखिएपछि गर्भनर नेपालले यस्तो बताएका हुन् ।
एक्स्पो उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘ कुल ७५३ स्थानमध्ये ७४१ स्थानमा बैंक पुगेका छन्,त्यो बैंक पुगेको होइन, पैसा पुगेको हो ।’ मुलुक आर्थिक विकासको बाटोमा गइरहेका बेला बित्तिय साक्षरता सम्बन्धि यस्ता महत्वपूर्ण कार्यक्रममा बित्तिय सस्थाहरुले चासो नदेखाएको प्रति गभर्नर नेपालको असन्टुष्टी पोखे ।
बैंक तथा वित्तीय संस्थाले आफ्ना प्रोडक्ट बेचेर आफँु धनी बन्ने मात्र हेरेको तर, मुलुकलाई पनि समृद्ध बनाउने काममा सहयोग नगरेको भन्दै गभर्नर नेपालले कडा आलोचना गरे । नेपालीहरु अर्काको देशमा मिहिनेत गर्ने तर, आफ्नो देशमा उद्यमी बन्ने बिषयमा मतलब नगर्ने उनले बताए । मिडिया इन्टरनेशनलले एउटै छानामुनि बैंकिङ, बीमा, शेयर बजार, रेमिट्यान्स तथा फाइनान्सियल टेक्नोलोजीको सूचना प्रदर्शन गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो । एक्पोलाई नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको छ भने बीमा समितिको सहकार्य, नेपाल धितोपत्र बोर्डको साझेदारी रहेको छ ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल माइक्रोफाइनान्स बैंकर्स संघले पनि एक्पोलाई सहयोग गरेका छन् । यो पटक भिजिट नेपाल २०२० लाई मध्यनजर गर्दै ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)लाई पनि सहभागी गराइएको छ । एक्पोमा बैंक तथा वित्तीय संस्था, बीमा, पूँजी बजारलगायतका ५० स्टलहरु राखिएको छ । एक्पो सोमबारसम्म संचालन हुने छ ।