काठमाडाैं । देशकै उत्कृष्टमध्येको एक अर्घाखाँचीसिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन)को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ ।
कम्पनीले टेलिभिजन च्यानलमा बजाउनको लागि सर्वसाधारणबाट आवश्यक कमर्सियलको लागि अवधारणा हासिल गर्ने लक्ष्य राखी यस प्रतियोगिताको आयोजना गरेको छ ।
यस प्रतियोगितामा सहभागीहुन इच्छुक सर्वसाधारणा महानुभावहरुले आ–आºनो नविन, रोचक तथा मौलिक अवधारणा कम्पनीको इमेलमा पठाउनुपर्नेछ । यसरी पठाइएको अवधारणामध्ये उत्कृष्ट एक अवधारणा पठाउनुहुने सर्जकलाई रु ५० हजार बराबारको नगद पुरष्कारद्धारा सम्मान गरिने कम्पनीले जनाएको छ ।
इच्छुक सर्वसाधारणा सर्जकहरुले आउँदो मंसिर १५ गतेभित्र अवधारणा पठाइसक्नुपर्ने कम्पनीले जनाएको छ । तथापी, यस प्रतियोगीतामा रचनात्मक क्षेत्रमा काम गर्ने कम्पनी, विज्ञापन एजेन्सी वा नेपाल सरकारमा दर्ता भएका कुनै पनि संघसंस्थालाई समावेश नगरी मात्र आम सर्वसाधारणलाई सहभागी गराइनेछ ।
“सर्वसाधारण नागरीक, आमउपभोक्ताएवं साहित्य श्रृजना तथा रचनात्मक क्षेत्रमा काम गरेका सर्जकहरुस“ग सहकार्य गरी उनीहरुको रचनालाई सम्मान गर्ने उदेश्यका साथ यस प्रतियोगीताको आयोजना गरिएको हो,” कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले भने । प्रतियोगीतामा सहभागी हुन इच्छुकहरुले अवधारणा पठाउँदा निम्न सर्त तथा बन्देजहरुको अधीनमा रहनुपर्ने कम्पनीले जनाएको छः
१) सबैभन्दापहिले अर्घाखाँचीसिमेन्टको आधिकारीक फेसबुक पेज https://www.facebook.com/Arghakhanchi-Cement-Pvt-Ltd-669894399789589 लाइक र फलो गरी [email protected] मा आफ्नो अवधारणा पठाउनुपर्नेछ । यसरी अवधारणा पठाउने ब्यक्तिले इमेलमा आºनो नाम, ठेगाना, मोबाइल नम्बर तथा नागरिकता, राहदानी वा अन्य कुनै परिचयपत्रको छायाँप्रति स्पष्टसँग संलग्न गराउनुपर्नेछ ।
२) पठाइने अवधारणा कहिँ कतैको कुनै पनि टिभीसीसँग कुनै पनि किसिमले मिलेको पाइएमा सो अवधारणा स्वतः निलम्बित हुनेछ । यसरी पठाइने अवधारणा कहिँकतै कसैको टिभीसीबाट प्रभावितभएको, पुर्नप्रशोधन गरीएको वा अन्य अवधारणाको मर्म वा विषय बस्तुलाई नयाँ तरिकाले पुनर्निमाण गरिएको पाइएमा सो अवधारणालार्ई प्रतियोगीतामा सामेल गराइने छैन ।
३) अवधारणा गीतसंगीत, संवाद, क्रियाकलाप वा अन्य जुनसुकै स्वरुपमा भए पनि मान्य हुनेछ तर सो अवधारणामा सर्जकको श्रृजनशिलता, मौलिकता तथा नविनता झल्केको हुनुपर्नेछ ।
४) कम्पनीले प्राप्त गरेको टिभीसी अवधारणाहरुमध्ये कुनै एक अवधारणालाई उत्कृष्ट घोषणा गरी सोको सर्जकलाई कम्पनीले पचास हजार रुपैँयानगद पुरष्कारले सम्मानीतगर्नेछ । यसरी प्रदान गरिने नगर पुरष्कारमा नेपाल सरकारको नियम बमोजिम लाग्ने कर लाग्नेछ ।
५) अवधारणाअनुसार यस कम्पनीले बनाउने टिभीसीमाथि यसै कम्पनीको मात्रै एकल स्वामित्ववाअधिकार रहनेछ ।
६) यस प्रतियोगीताअन्तर्गत कम्पनीले प्राप्त गरेर चयन नगरेको अन्य अवधारणाहरुमाथि तत्तत् सर्जकहरुको अधिकार निरन्तर रहनेछ भने सो अवधारणाहरुमध्ये कम्पनीले कुनै अवधारणा लिन वा अपनाउन चाहेमा सम्बन्धीत सर्जकसँगको सहमतीमा मात्र लिनेछ ।
७) यस प्रतियोगीतामा सहभागी हुन चाहनेले आउँदो मंसिर १ देखिमंसिर १५गतेको साँझ ५ बजेसम्म आºनो अवधारणा पठाइसक्नुपर्नेछ ।
८) कम्पनीले अन्ततः बनाउने टिभीसी कम्तीमा ४० सेकेण्ड र बढीमा ६० सेकेन्डको हुने हुनाले सोहीअनुसारको अवधारणाहरु मात्रै मान्य हुनेछन् ।