काठमाडौं । चीनको युनान राज्यको राजधानी कुनमिङस्थित कुनमिङ डियान्ची इन्टरनेश्नल कन्भेन्सन एण्ड एक्जिभिसन सेन्टरमा आयोजित चाइना अन्तराष्ट्रिय ट्राभल मार्ट २०१९ को उद्घाटन सत्रमा चिनियाँ संस्कृति तथा पर्यटन मन्त्री ल्यो सुगाङले नेपालको स्टलको भ्रमण गरेका थिए । साथै, उनले नेपालको पर्यटन अभियान भिजित नेपाल २०२० लाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
युनान राज्यका उच्च स्तरीय प्रतिनिधिमण्डलले पनि नेपालको स्टल भ्रमण गरी नेपाललाई युनान राज्यमा प्रचार गर्ने प्रतिवद्धता जनाएका छन् ।
्मार्ट प्रदर्शनीमा नेपाल पर्यटन बोर्ड सहित छ अन्य नेपाली ट्राभल एण्ड ट्रेड साझेदारहरुको प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो । उक्त मार्ट १५ नोभेम्बरदेखि १७ नोभेम्बरसम्म आयोजना भएको थियो ।
उक्त मार्टलाई गणतान्त्रिक चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, नागरिक उड्यान प्रशासन तथा युनान राज्य सरकारले संयुक्तरुपमा आयोजना गरेको थियो । उक्त मार्टमा ५८ मुलुक, ४ ओटा अन्तराष्ट्रिय संगठन र १७ ओटा स्वतन्त्र प्रदर्शकहरुले प्रदर्शनीका लागि सहभागिता जनाएका थिए ।
तीन दिनको कार्यक्रममा नेपाली स्टलमा धेरै व्यवसायिक तथा उपभोक्ताहरु भ्रमणकर्ताहरु आएका थिए । नेपाल पर्यटन बोर्ड र अन्य छ नेपाली ट्राभल ट्रेड साझेदारहरु एड्भेन्चर आउटडोर एक्सकर्सन प्राइभेट लिमिटेड, हिमालयन शेर्पा होलीडेज, होटल मिस्टिक माउन्टेन प्राइभेट लिमिटेड पर्ल होलिडेज, साथी नेपाल ट्राभल्स एण्ड टुर्स प्राइभेट लिमिटेड आउटडोर एक्स्पिडिसन प्राइभेट लिमिटेडले नेपालको तर्फबाट उक्त मार्ट प्रदर्शनीमा प्रतिनिधित्व गरेको थियो ।
नेपाली कम्पनीहरुले मार्टको दोस्रो दिन बायर्स एण्ड एक्जिभिटर्स नेटवर्किङमा सभागी बनेका थिए । मार्टमा नेपाली प्रतिनिधिमण्डलले नेपालको भिजिट नेपाल २०२० लाई प्रचार गर्नुका साथै पर्यटकरुलाई सुरक्षित र गुणस्तर सेवाको सुनिश्चितता गरेका थिए ।
उक्त इभेन्टमा नेपाल पर्यटन बोर्डका अधिकारीहरु सुनिल घिमिरे र रोस्नी पौड्याले सहजीकरण गरेका थिए ।