कम्प्युटर नजान्ने कर्मचारी पाएर विकासको छलाङ मार्न सकिन्न,  ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँगकाे अन्तर्वार्ता 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर ६, शुक्रबार,०१:२४:PM  
 कम्प्युटर नजान्ने कर्मचारी पाएर विकासको छलाङ मार्न सकिन्न,   ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँगकाे अन्तर्वार्ता 

चिरिबाबु महर्जन राजधानी काठमाडौंसँगै जोडिएको ललितपुरको ललितपुर महानगरपालिको पहिलो निर्वाचित मेयर हुन् । देशकै राजधानीको दैनिकीसँग प्रत्यक्ष सम्बन्ध भएको नगरपालिका भएर पनि काठमाडौ महानगरपालिकाको मेयर बिद्यासुन्दर शाँक्यको भन्दा निक्कै कम चर्चा महर्जनको हुने गर्छ । दुई बर्षदेखि  ललितपुर महानगरको नेतृत्व हाँकिरहेका महर्जनसँग उनले हालसम्म गरेको काम, योजना तथा जनताको गुनासाहरुका बिषमया क्यापिटल नेपालका अनिस मिजारले गरेको कुराकाँनी ः 


ललितपुर महानगरपालिकाको पहिलो मेयर हुनुभएको दुई बर्षभन्दा बढी भइसकेको छ । तर, उपमहानगरबाट महानगरमा स्तारेन्नती हुँदाको ललितपुरमा स्थानियले खासै परिबर्तनको अनुभव गर्न नपाएको गुनासो गर्छन् नि ? 

ललितपुर महानगपालिकामा मैले प्रमुखका जिम्मेवारी पाएपछि तीन ओटा पक्षबाट विकास निर्माणका काम भएका छन् । जसमा तत्काल देखिने, केही समय लाग्ने र केही दिर्घकालिन तथा दुरगामी प्रभाव पर्ने काम भइरहेका छन् । हामीले सबैभन्दा प्राथमिकतामा सुशासनलाई राख्यौ । जसले कामलाई व्यवस्थित बनाएर   छिटो छरितो रुपमा सेवाग्राहीलाई सेवा दिन सुधारको काम गरेका छौ ।

पहिला  सामान्य कामको लागि पनि स्थानियले महानगर नै धाउनुपर्ने बाध्यता थियो । अहिले त्यस्ता काम प्र्रत्यक वडाबाट हुने व्यवस्था गरेका छौ । दोस्रोमा। महानगरमा हुने वडा स्तरीय विकास निर्माणलाई प्राथमिकतामा राख्यौ ।  महानगरका २९ वटै वडामा विकास बजेट छुट्याएर काम गरीरहेका छौ ।   महानगरले दुईवटा विकास बजेट खर्च गरिसकेको छ, अब तेस्रो विकास बजेट पास भइसकेको छ । रातो पुस्तक छपाई भइसकेको छ । सोहि अनुसार   विकास निर्माणका काम अगाडी बढाउछौं ।

२०७२ बैशाख १२ को भुकम्पले क्षति भएका महानगरका धेरै देवी, देवालय, मठमन्दिरहरु पुनर्निर्माणको काममा हामीले राम्रो काम गरेका छौं । अर्को महत्वपुर्ण कुरा फ्लाई ओभर निर्माणको लागी अध्ययन भइरहेको छ । प्राविधिक रिपोट आएपछि मात्र यसको काम अगाडी बढ्छ । 

महानगरले विकास निर्माण मात्र नभएर सामाजिक उत्तरदायित्वलाई पनि भुलेको छैन । जीवित व्यक्तिलाई नमान्ने तर मृत्यु पश्चात मात्र सम्मान दिने नेपाली समाज बिपरित हामीले प्रतिष्ठत ब्यक्तिले जीवित हुँदा नै सम्मान दिने शुरुवात गर्यौ । महानगरले संस्कृतीविद, शताब्दी पुरुष डा. सत्यमान जोशी सय बर्ष पुगेको अवसरमा रथारोहन सहित उहाँकै सम्पानमा बर्षभरी कार्यक्रम घोषणा गरेका छौ । उहाँको योगदानको कदर गर्दै महानगरको अगुवाइमा सरकारको निर्णयबाट राष्ट्र बैंकले २५ सय, १ हजार र एक सयको मुद्रा उहाँकै नाममा टंकण भएको छ । उहाँ जिवित छदा नै उहाँको नाममा हुलाक टिकट छपाउने प्रक्रियामा छौं । 

पुल्चोक देखि थापाथलीसम्म फ्लाई ओभर बन्ने निक्कै चर्चा थियो । त्यो काम के भइरहको छ ? 

फ्लाई ओभरको अध्ययनको रिपोट २०७६ चैतसम्म आउने सम्भावना छ ।   हामीलाई भन्न मात्र सजिलो रहेछ तर, काम गर्न धेरै समय लाग्ने रहेछ । फलाई ओभर बनाउने ठाउँमा कति सार्वजनिक, कति निजी गाडी गुड्छन भन्ने सम्पूर्ण अध्ययन भइरहेको छ । त्यसको रिपोर्ट आउन ढिला भएको छ ।   नेपालको लागी यो नयाँ प्रोजेक्ट भएकाले प्राविधिक रुपमा गहिरो अध्ययन गरेर मात्र काम अगाडी बढाउदा केहि ढिला भएको हो । 

 महानगरले यस्ता विभिन्न विकास निर्माणका काममा अगाडी बढाइरहेको छ ।   महानगरक्षेत्र भित्रका सडक कालोपत्रे गर्दा पहिले एक वर्ष पनि नटिक्ने प्रविधिलाई प्रतिबन्ध लगाएका छौ । अब डेडइन्च भन्दा कमको कालोपत्रेलाई मान्यता नदिने हामीले मापदण्ड बनाएका छौं । यही अनुसार अहिले काम गराइ रहेका छौ ।

महानगरका जनताले प्रत्यक्ष लाभ पाएको तथा देखिने गरि के कस्ता काम गर्नुभएको छ ?  

महानगरले गर्ने सबै काम महानगरबासीकै लाभका लागि हो । मैले अगाडी पनि भने ललितपुर सास्कृतीक मठ, मन्दिर, देवी, देवालयहरु पुननिर्माणको काम गरेका छौ । यी सम्पदा टेण्डरबाट निर्माण नगर्न सरकारलाई गरेको अनुरोध अनुसार पुनर्निमाण गर्न सफल भयौ । किनकी, टेण्डर प्रक्रियामा जसले कम मुल्यमा बनाउने टेण्डर पेश गर्छ उसैले जिम्मेवारी पाँउछ । यस्तो भएमा पुनर्निमाण पनि राम्रो नहुने मेरो ठम्याइ छ । हाम्रो निर्णयलाई सरकारले पनि सम्मान गरेर १० करोडसम्मको काम विना टेण्डर गर्न पाउने व्यवस्था बनायो । यही नियम अनुसार पाटनको देगु तलेजु मन्दिर बनाउन गइरहेका छौं ।

याे नियम आउनु भन्दा अगाडी जिम्मा लिएका ठेकेदारहरुले ललितपुरका धेरै मठ मन्दिर अहिलेसम्म पनि बनाएका छैनन् । त्यसैले पाटनको भिमसेन मन्दिर निर्माणको काम पनि उपभोक्ता समिती बनाएर अगाडी बढाएका छौ । यस्को निर्माणको लागी बजेट समेत व्यवस्थापन गरिसकिएको छ । जनताले देख्न सक्ने गरी गरिएको कामको उदाहरण हो यो ।

चिरीबाबु मर्हजन सबै भन्दा बढी विदेश भ्रमणमा जाने मेयर भनेर जनमानसमा आलोचना हुने गर्छ, तपाईलाई किन यत्रो बिदेश मोह ?

यस्तो हो, सुरुवाती बर्षको १४÷१५ महिना चाँही मलाइ धेरै निम्तो आएकाले विदेश गएको हुँ । त्यती बेला मैले सात आठ पटक विदेश घुम्ने मौका पाएको थिए । त्यति बेला यस्तै बिदेश बढी घुम्ने मेयर भन्ने आलोचना सुनेपछि एघार महिना कतै पनि गईन । तर, अहिले म भन्दा बढी विदेश भ्रमण गर्ने तीन चार जना मेयर उपमेयर निष्किसक्नु भएको छ । अहिले म पाँचौमा पर्छु होला । तर, मेरो विदेश भ्रमणमा महानगरपालिकाको दुई पैशा पनि खर्च गरेको छैन् ।  विदेश भ्रमणमा मैले सिकेका कुरा ललितपुर महानगरलाई दिएको छु ।

हरेक  भ्रमणमा केही न केही देशलाई र महानगरलाई उपलब्धी हुने सिकेर आएको छु ।   सन २०१७ मा श्रीलङकामा (सिटीनेट)जेनेरल काङग्रेसको एक्जुकेटिभ कमिटीको कार्यकारी सदस्य जितेर आए । यो देश र महानगरको लागि उपलब्धी हो । सोहि कारण सिटीनेटको ३८ औ कार्यसमितीको अन्तराष्ट्रिय सम्मेलनको आयोजक समेत भएर कात्तिक २० देखि २३ सम्म दिगो पर्यटन र सम्पदा संरक्षण भन्ने नारा सहितको कार्यक्रम भव्यताका साथ सम्मन ग¥यौ ।
ललितपर महानगर (सिटीनेट)को सदस्य भएर  देश र महानगरलाई के फाइदा छ ?

सिटीनेटको सदस्य हुँदा एकदमै धेरै फाइदा छ । दक्षिण एसिया क्षेत्रका १५७ राष्ट्रका मेयर दातृनिकायका मुलुकहरु र अन्य सदस्य राष्ट्रहरु यसका सदस्य छन् । विभिन्न सहरका राष्ट्रिय संम्पदाले भरिपुर्ण महानगर तथा नगरपालिकाहरुको संम्पदालाई यसले संरक्षण गर्न पहल गर्छ । हाम्रो जस्तै अन्य देशका सम्पदा संरक्षणको ज्ञान र सिपलाइ साटासाट गर्न यो फोरम महत्वपूर्ण छ । यसका लागि सिटीनेटले प्रविधि पठाउने निर्णय गरेको छ । 

हाम्रो सम्पदा क्षेत्र अनुसार भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्राउन कुनै गाह्रो नहुने उनिहरुको सुझाब रहेको छ । नेपालका सम्पदा एवं पर्यटकिय क्षेत्रमा सवारी साधनको चापलाई भने कम गराउन उनिहरुले सुझाव दिएका छन् । यसले ललितपुर महानगर मात्र नभई देशको छवीलाइ माथि उठाउन सहयोग गर्छ  ।

 

चालु आर्थिक बर्षको चार महिनामा महानगरको विकाश खर्च त अत्यन्त न्यून किन देखिन्छ ?

महानगरले गत बर्ष विकास निर्माणमा ८२ प्रतिशत खर्च गरेको थियो । यो विकास खर्च केन्द्रीय सरकार र प्रदेश सरकारको भन्दा बढी हो । यो आर्थिक बर्षको चार महिनामा हेर्दा भने एकदमै कम रहेको छ । यसको लागी रातो पुस्तीका छाप्ने काम भइरहेको छ । यो छाप्ने वितिकै खर्च हुदै जान्छ । विकास निर्माणमा पहिलो चौमाशिकमा १२ प्रतिशत मात्र खर्च भएको छ । यसमा सरकारले गरेको कर्मचारी समायोनका पनि एउटा कारण हो । त्यस्तै अर्को हामीसँग प्राविधिक कर्मचारी एकदमै कम भएकाले पनि समस्या भएको छ । अहिले हामी खर्च योजनाको काम अगाडी बढाइरहेका छौ ।  

कर्मचारी समायोजनले महानगरको काममा प्रत्यक्ष असर परेको भन्न खोज्नु भएको हो ? 

कर्मचारी समायोजनले ललितपुर महानगरलार्ई केही समस्या ल्याएको छ । ९०  कर्मचारी समायोजन भएकामा महानगरमा  ८५ जना त प्रशासनीक कर्मचारी आएका छन् । यसमा पनि अवकाश सकिन लागेका र अप्राविधिक कर्मचारी भएकाले विकास निर्माणमा अगाडी बढ्न समस्या भएको छ । अहिले हामीलाइ प्राविधिक कर्मचारी चाहिएको हो तर, प्रशासनिक कर्मचारी मात्र धेरै छ ।  हामीले सरकारसँग २९ ओटा वडामा २९ जना नै सिभिल इनजिनियर माग गरेको थियौ । तर, सरकारले २९ जना अनमी पठाउने पत्र आयो । यो पत्रमा हामिले फिर्ता पठाइ दिएका छौ । प्रविधिको युगमा कम्युटर नजान्ने कर्मचारी पठाएर विकासको छलाङ मार्न सकिन्न ।

ललितपुर महानगरलाई हरियाली सहरको रुपमा विकास गर्ने योजना के भइरहेको छ ? 

महानगरभित्रका विभिन्न खाली क्षेत्रमा बोेटबिरुवा रोपेर ललिपुर महानगरलाई हरियाली सहरको रुपमा विकास गर्ने लक्ष्य लिएका छौ । अहिले महानगरका  सडक धेरै पेटीमा विरुवा रोपेका छौ । ती बिरुवा संरक्षणको लागी महानगरले दैनिक ट्याङकरबाट पानी हाल्ने काम भइरहेको छ । त्यस्तै दश स्थानमा पार्क निर्माण गर्ने प्रक्रियामा अगाडी बढेको छ । यसको प्रारम्भिक प्रतिवेदन तयार भइरहेको छ ।  

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अन्तर्वार्ता बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');