काठमाडौँ । यतिबेला अधिकांश वाणिज्य बैंकहरुको लाभांश घोषणा गरिरहका छन् । हालसम्म लाभांस घोषणा गरेका बैंकहरु मध्य एनएमबी बैंकले सबैभन्दा बढी ३५ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । एनएमबीले बोनस सेयर २१ प्रतिशत र नगद १४ प्रतिशत लाभांश दिन लागेको हो । त्यस्तै, नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकले बोनस १२ प्रतिशत र नगद २२ प्रतिशत लाभांश दिन लागेको हो । त्यस्तै, हालसम्म घोषणा गरेकोमा सबैभन्दा कम लाभांश दिने बैंक सिभिल हो । यस बैंकले ६.५७ प्रतिशत मात्रै लाभांश दिन लागेको हो । सिभिलले पहिलो त्रैमासमा नाफा पनि घटाएको छ ।
वाणिज्य बैंकहरुले आफ्ना लगानीकर्ताहरुलाई गत आर्थिक वर्षको वितरण योग्य नाफाबाट लाभांश दिने घोषणा गरेका हुन् । गत बर्षको मुनाफाबाट बैंकहरुले कुल २२ अर्ब २३ करोड १४ लाख ९६ हजार १०८ रुपैयाँ बराबरको लाभांश दिने भएका छन् । यी बैंकहरुको हालको चुक्ता पुँजी २ खर्ब ६ अर्ब ९३ करोड ४६ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ छ ।
बोनस वितरणपछि बैंकहरुको चुक्ता पुँजी २ खर्ब २४ अर्ब ९३ करोड ५ लाख ८६ हजार ९ सय १२ रुपैयाँ पुग्ने छ । एनसीसी, कृषि विकास, प्राइम र सेन्चुरी बैंककोे लाभांश भने घोषणा हुन बाँकी छ ।
बैंक लाभांस दर
एनएमबी बैंक ३५
नबिल बैंक ३४
सिद्धार्थ बैंक २५.२६
ग्लोबल आइएमई बैंक २५.५
एभरेष्ट बैंक २५
नेपाल बैंक २५
स्टान्र्डर्ड चार्टर्ड बैंक २२.५
हिमालय बैंक २२
सानिमा बैंक २१.०५
एनआइसी एसिया बैंक २१.५
नेपाल इन्भेष्टमेन्ट बैंक १९
बैंक अफ काठमाडौँ १७
नेपाल एसविआई बैंक १६.८४
प्रभु बैंक १६.८४
माछापुच्छ्रे बैंक १६
सनराइजबैंक १५.८
सिटिजन्स बैंक १५
लक्ष्मी बैंक १५
जनता बैंक १२
नेपाल बंगलादेश बैंक १२
मेगा बैंक ११.७५
कुमारी बैंक १०.५२
सिभिल बैंक ६.५७