काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रलायका वाणिज्य तथा आपूर्ति सचिव डा.बैकुण्ठ अर्यालले फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्स, मिनिस्ट्रि अफ फरेन अफेयर्स अफ फिनल्याण्ड र फिनपार्टनरशीपको संयुक्त आयोजनामा “डुईङ बिजनेश विथ फिनल्याण्ड” विषयक गोष्ठीमा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले मुलुकमा हाल आर्थिक विकासको गतीका लागि “सुखी नेपाल, समृद्ध नेपाली” को नारा पूरा गराउन लागिरहेको परिप्रेक्षमा सरकारी, निजी क्षेत्र र आम जनसमुदाएको एकीकृत प्रयासबाट मात्र सो लक्ष्य हासिल गर्न सकिने बताएका हुन् ।
सन् २०३० सम्म मध्यम आय भएको विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन नेपालले फिनल्याण्डसँग व्यापार, लगानी, पर्यटन प्रवद्र्धनमा जोड दिएको र निजी क्षेत्र तथा नेपाल भ्रमणमा रहेका फिनल्याण्डका व्यवशायीक समस्यामा समाधन गरी अनुकूल वातावरण बनाउन तैयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
सो अवसरमा नेपलका लागि फिनल्याण्डका महामहिम राजदूत पेट्रि एन्टिननले चेम्बर सँगको सहकार्यमा दोश्रो पटक यस किसिमको व्यापारीक प्रतिनिधी मण्डलको भेटघाटले यूरोपियन समुदायकाले प्रदान गरेको एभ्रिथिङ्ग वट आर्म (ईवीए) को सुविधा प्राप्त गर्न सहज हुने बताए । उनले नेपाल फिनफण्डबाट बढी दरखस्त आहन गरी नेपाली उद्यमी व्यवशायीहरु लाभान्वित हुने अवसर यस किसिमको प्रतिनिधीमण्डलको भ्रमणबाट हुने विश्वास व्यक्त गरेका छन् ।
सो कार्यक्रममा प्रतिनिधी मण्डलका प्रमुख तथा फिन पार्टनरशीपका कार्यक्रम निर्देशक विग्रिट नेभ्लाले फिनपार्टनरशीप र फिनफण्डबाट उपलब्ध गराउन सकिने सुविधा सहुलियतका बारेमा विस्तृत प्रस्तुतीकरण गरेका थिए । उनले दीगो विकास, खाद्य सुरक्षा, सरकारी शिक्षा, सूचना प्रविधी र सञ्चार (आईसिटी) कन्टेनर विञ्डिङ आदिमा नेपाललाई सहयोग र व्यवशाय गर्न सकिने बताए ।
नेपालमा पर्यटन प्रबद्र्धनको लागि समेत फिनल्याण्डबाट उल्लेख्य पर्यटक आउन सक्ने सम्भावना रहेको उनले बताए । ५५ करोड युरोको बास्केट फण्डबाट प्रक्रिया पु¥याई नेपालका उद्योगी व्यवशायीहरुले फाइदा लिन सक्ने उनले बताए ।
कार्यक्रममा प्रतिनिधीमण्डललाई स्वागत राख्दै नेपाल चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले नेपाल र फिनल्याण्ड बीच व्यापार र लगानीको संख्या ज्यादै न्यून रहेको बताउँदै कृषि, इलेक्ट्रोनिक्स, वनजन्य र पर्यटन प्रवद्र्धनमा उल्लेख्य विकश गर्न सकिने संभावना रहेको बताए । हाल फिनल्याण्डको सहयोगमा विभिन्न क्षेत्रहरुमा भैरहेको कार्यको सहहना गर्दै आउदा दिनहरुमा सो सम्बन्ध अझ विस्तृत गर्न यस्ता प्रतिनिधि मण्डलले ठोस टेवा पु¥याउने उनले विश्वास व्यक्त गरेका हुन् ।
उनले पर्वतारोहीहरु नेपालका राजदूत हुने हुँदा फिनल्याण्डमा प्रथम पर्वतारोही भिक्का गुसटाफसनको स्मरण गर्दै सन् २०२० मा नेपाल भ्रमण वर्षको अवसरमा नेपालमा फिनल्याण्डबाट उल्लेख्य पर्यटक भित्रिन सक्ने संभावना व्यक्त गरेका छन् ।
व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका निर्देशक राजेन्द्र सिंहले नर्डिक मुलुकहरुमा पनि फिनल्याण्ड सँग नेपलको निकासी बढाउने संभावनालाई मूर्त रुप दिन परम्परागत वस्तु भन्दा नयाँ वस्तु एंव सेवा निर्यातको पहिचान केन्द्रले गरिरहेको बताए ।
सो अवसरमा धन्यवाद ज्ञापन गर्दै चेम्बरका उपाध्यक्ष तथा अन्र्तराष्ट्रिय सम्बन्ध समितीका अध्यक्ष नरेश श्रेष्ठले करीव ३ महिना मात्र पर्यटन मौसम हुने फिनल्याण्डबाट बाह्ै महिना पर्यटक भित्राउन सक्ने नेपालको संभाव्यताको भरपूर प्रयोग गर्नुपर्ने बताए ।
सन् २०१८ मा नेपालको फिनल्याण्ड सँगको व्यापार घाटा १७ करोड ९० लाख अमेरिकी डलर बराबर रहेको छ । जसमा आयात १९ करोड ८० लाख अमेरिकी डलर र निर्यात केवल ९ लाख अमेरिकी डलर मात्र रहेको व्यापार तथा निर्यात प्रबद्र्धन केन्द्रले जनाएको छ ।
सो कार्यक्रममा फिनल्याण्डबाट आएका व्यवशायीक प्रतिनिधिमण्डलका साथै चेम्बरका कार्य समितिी सदस्य, वस्तुगत आबद्ध सदस्यहरु, उद्यमी व्यवशायी तथा सरकारी निकायका प्रतिनिधीहरुको उपस्थिती थियो ।