परिसंघद्वारा उधारो असुली सम्बन्धी कानून माग

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर ९, साेमबार,०५:१६:PM  
परिसंघद्वारा उधारो असुली सम्बन्धी कानून माग

काठमाडौं । नेपाल उद्योग परिसंघले बैङ्कको ब्याजदर नघटेको तथा उधारो असुलीमा पनि कठिनाई भएकोले ब्याबसाय सञ्चालनमा समस्या भएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जी नेपाललाइ बताएका छन् ।

परिसंघका अध्यक्ष सतिश कुमार मोरको नेतृत्वमा गएको टोली र नेपाल राष्ट्र बैँकका गभर्नरबीचको आज भएको छलफलमा अध्यक्ष मोरले यस्तो कुरा राखेका हुन् । उद्योग सञ्चालनलाई सहज बनाउन तथा समस्या समाधान गर्न उधारो असुली सम्बन्धि कानुनको आवश्यक रहेको समेत उनले बताएका हुन् ।

रुग्ण भइरहेका र हुन सक्ने उद्योगहरुलाई कर्जा भुक्तानीको लागि पुनःतालिका गर्दा बैंक तथा वित्तिय संस्थाले कायम गर्नु पर्ने जोखिम व्यवस्थालाई पुन र्विचार गर्नुपर्ने उनले बताए । त्यस्तै बैँकको व्याज तथा करे भुक्तानीको समय एकै भएकोले यस्तो भुक्तानीको तालिका परिवर्तन गर्न पनि अनुरोध उनले गरे ।

साथै उद्योग–व्यववसायीलाई विदेश यात्रा गर्दा राहदानीको आधारमा दिइने हालको सटही सुविधा अत्यन्त कम भएकोले वृद्धि गर्न आग्रह गरेका छन् । त्यस्तै नयाँ उद्योगहरुलाई कम्तिमा ५ वर्षसम्म वाच लिष्टमा समावेश नगर्न पनि अध्यक्ष मोरले माग गरेका छन् । छलफपलमा गभर्नर नेपालले खास–खास उद्योग र उद्यमीलाई विदेशी मुद्रा सटहीमा समस्या नपर्ने गरीसटही सुविधा दिने व्यवस्थाको लागि राष्ट्र बैँकले काम थालनी गरेको जानकारी दिए ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top