ट्याक्सीमा नयाँ मापदण्ड : बिजुली र पेट्रोल दुबैबाट चल्ने सेडान कार ट्याक्सी हुँदै

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर १५, आइतबार ,०८:४७:AM  
ट्याक्सीमा नयाँ मापदण्ड : बिजुली र पेट्रोल दुबैबाट चल्ने सेडान कार ट्याक्सी हुँदै

काठमाडौं । सरकारले ट्याक्सीलाई सार्वजनिक यातायातको रुपमा सञ्चालन गरेको ४७ बर्ष पुरा भएको छ । यसअवधिमा सरकारले १९ बर्षसम्म एउटै मापदण्डका ट्याक्सी सञ्चालन गर्न दियो । अर्को २८ बर्षपछि फेरी ट्याक्सीमा नयाँ मापदण्ड ल्याएको छ । 

१९ बर्षसम्म टोयोटा कारोला गाडीले ट्याक्सी सञ्चालन गरेपछि सरकारले नयाँ मापदण्ड ल्याएको थियो । यो मापदण्डले टोयोटा कारोलो गाडीको अन्त्य गरी ८०० सिसिको मारुती अल्टो गाडीको सुरुवात भएको थियो । 

मारुती अल्टोले २८ बर्ष काठमाडौंमा एकछत्र राज गरेको छ । नेपालमा ट्याक्सी सञ्चालनको ४७ बर्षमा दुई ओटा टोयोटा कोरोला र मारुती अल्टो ट्याक्सी भएको युगलाई अहिलेको नयाँ ट्याक्सी मापदण्डले अन्त्य गरेको छ । 

नेपालमा सार्वजानिक यातायातको विकास नभएको बेलादेखि विदेशी पर्यटकको लागी सार्वजानिक यातायातको रुपमा प्रयोग गरी ट्याक्सी सेवाको विकास भएको थियो ।  

नेपालमा सबै भन्दा पहिला टोयोटा कारोलालाई ट्याक्सीको रुपमा सञ्चालन गरेको पाइन्छ । काठमाडौंका सडकमा टोयोटा कोरोलो कारले ट्याक्सी सेवाको सुरुवात गरेर सार्वजनिक यातायात सेवाको विस्तार गरेको थियो । तर अहिले बजारमा नयाँ प्रविधिकोे विकाससँगै यो कार नेपाली बजारमा पाउन छोडेको छ । 

२०२९ सालमा टोयोटा कोरोला गाडीलाई ट्याक्सीको रुपमा सञ्चालन गरे पनि सरकारले २०४८ सालमा नयाँ मापदण्डमा ८०० सिसि क्षमता भएका कारलाई मात्र ट्याक्सीका रुपमा दर्ता गर्ने दिने निर्णय गरेको थियो । त्यसबेला नेपालमा ८०० सीसी क्षमता इन्जिन भएका कारमा मारुती अल्टोमात्र उपल्ब्ध थियो ।
 
त्यसपछि देशभरका सडकमा मारुती ८०० सिसिका मात्र ट्याक्सीका रुपमा गुडेका छन ।  २०५७ जेठदेखि सरकारले बागमती अञ्चलमा नयाँ ट्याक्सी दर्ता बन्द गरेको थियो ।  त्यतिबेला बागमतीमा साढे ७ हजार ट्याक्सी दर्ता भएकामा सबै मारुती ८०० सीसीकै थिए । 

२०७२ सालमा ट्याक्सीको परानो मापदण्डलाई केही संसोधन गरेर नयाँ ट्याक्सी दर्ता खुला गरेको थियो । पुरानो मापदण्डमा ८०० सिसीसम्मका कारलाई मात्र ट्याक्सीमा दर्ता गरिने व्यवस्था रहेकोमा संशोधन गरेर ८०० वा सोभन्दा माथि भन्ने प्रावधान थपेको थियो ।  जसका कारण मारुतीको एकछत्र राजमा अन्य हुन्डाई, टाटा तथा टोयोटा ब्रान्ड समेत ट्याक्सी बन्न पाउने बाटो खुल्ला भयो ।

२०७२ सालमा गरिएको संशोधनले करिब ३ हजार ३५० नयाँ ट्याक्सी थपिएका थिए । जसमा अन्य कम्पनीको भन्दा बढी मारुती सुजुकी कै ट्याक्सी दर्ता भएको यातायात व्यवस्था कार्यलय एकान्तकुनाले जानकारी दिएको छ । 

सरकारले जारी गरेको ट्याक्सीको नयाँ मापदण्ड गत मंसिर ६ गते शुक्रबारदेखि नै कार्यान्वयनमा आएको छ । विभागले नयाँ मापदण्ड अनुसार नै ट्याक्सीहरुमा लागु गर्ने सम्बन्धित यातायात व्यवस्था कार्यालयहरुमा पत्र समेत पठाइ सकेको छ । 

 नयाँ मापदण्डका ट्याक्सी पेट्रोल र विद्युतीयबाट सञ्चालन हुने 

नयाँ मापदण्ड अनुसार अब पेट्रोल र बिजुलीबाट पनि सञ्चालन हुने ट्याक्सी चल्ने भएका छन । १ हजार २ सय सीसीका सेडान कारमात्र ट्याक्सीका रुपमा दर्ता गर्न पाइने भएको छ ।  

पेट्रोलबाट सञ्चालित ट्याक्सीका सन्दर्भमा फोर स्ट्रोक सेडान कार, कम्तीमा १ हजार २०० सीसी (माइनस) १ प्रतिशत वा सोभन्दा बढी, कम्तीमा ३ सिलिन्टर वा सोभन्दा माथि पेट्रोल र सेन्ट्रल लकिङ, एसीरहिटर, प्रिन्टर सहितको डिजिटल मिटर तथा एलइडीसहितको जिपिएस नेभिगेसन सिस्टम हुनुपर्ने दुई किसिको मापदण्डमा व्यवस्था गरेको छ । 

नयाँ मापदण्डले मारुती अटो कारको ट्याक्सी हट्ने भएको छ । मारुती अटो कारले नेपालमा ट्याक्सीको रुपमा २८ बर्ष बजार लियो । तर अझै पनि भर्खरै दर्ता भएका मारुती कारका ट्याक्सी २० बर्ष सम्म चल्न पाउने छन । यातयात व्यवस्था ऐनमा ट्याक्सी दर्ता गरेर सञ्चालन गरेको २० बर्ष सम्म चलाउन पाउने व्यवस्था रहेको छ । यसमा २० बर्ष पुगेपछि परानै नम्बर प्लेटमा नयाँ ट्याक्सी दर्ता गर्न पाउने प्रावाधान छ । 

नयाँ मापदण्ड अनुसार अब सडकमा सेडान ट्याक्सी चल्ने छन । सेडान कारलाई आरामदायी कारको रुपमा चिनिएको छ ।  जुन संसारभर विलासी कारका रुपमा प्रचलित छ । प्यासेन्जर कार सेगमेन्टमा ३ बक्स कन्फिगरेसनमा आधारित भएर बनाइएको कार नै सेडान कार हो । 

अहिले सरकारले मापदण्डमा समावेश गरेको सेडान कार नेपालमा विगतदेखि नै बजारमा बिक्रि भइ रहेको छ । यसलाई सरकारले बातावरण मैत्री तथा यात्रुलाई आरामदायी यात्राका लागि सहज हुने भन्दै सेडानलाई प्राथमिकता दिएको विभागले जनाएको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अटो बाट थप