राष्ट्र बैंकको नीतिले दुरगामी प्रभाव पार्छ : गभर्नर 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर १५, आइतबार ,०१:४३:PM  
राष्ट्र बैंकको नीतिले दुरगामी प्रभाव पार्छ :  गभर्नर 

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबि नेपालले केन्द्रीय बैंकले कसैको लहडमा लागेर नीति नल्याउने बताएका छन् । आर्थिक पत्रकार समाज ( सेजन)को २२ औँ स्थापना दिवस तथा सेजन अवार्ड कार्यक्रममा संबोधन गर्दै उनले राष्ट्र बंैकले धेरै अध्ययन अनुसन्धान गरेर नै नीति ल्याउने गरेको बताए ।

सोहि कारण त्यस्ता नीतिले कालान्तरमा साकारात्मक प्रभाव पार्ने गभर्नर नेपालको भनाई । उनले भने,‘सेन्ट्रल बैंकले ल्याउने त्यस्ता नीतिले पोजेटिभ असर पार्छ ।’  कार्यक्रममा उद्योग वाणिज्य महाँसघका वरिष्ठ उापाध्यक्ष शेखर गोल्छाले ब्याजदर महँगो भयो भन्ने विषय उठान गरेपछि जवाफमा गभर्नर नेपालले यस्तो बताएका हुन् ।

वित्तीय क्षेत्र कहिल्यै पनि लोकल नहुने भन्दै अन्तर्राष्ट्रिय अभ्यासलाई स्वीकार गर्नुपर्ने गभर्नर नेपालको भनाई थियो । ‘नेपालमा कुन बैंकको अध्यक्ष र सिइओ को हुन्छ भन्ने थाहा नै हुँदैन ।  जनताको पैसाको जिम्मा लिने मान्छे को बन्यो भन्ने थाहा हुनुपर्दैन ?’ गभर्नर नेपालले भने ।  अरु मुलुकमा केन्द्रीय बैंकलाई बैंकको अध्यक्ष तथा सिइओ को बन्दैछ थाहा हुन्छ । तर, नेपालमा त्यस्तो व्यवस्था नभएकाले बाफिया मार्फत बैंकका अध्यक्षले सपथ लिने व्यवस्था गरिएको उनको भनाई छ ।   

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');