नबिल बैंकले सुरु गर्यो ‘ग्राहक सेवा केन्द्र’, २४ सै घण्टा सेवा पाइने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर १६, साेमबार,११:०२:AM  
नबिल बैंकले सुरु गर्यो ‘ग्राहक सेवा केन्द्र’, २४ सै घण्टा सेवा पाइने

काठमाडौं । नबिल बैंकले ग्राहक सेवा केन्द्रको सुरु गरेको छ । नबिल ग्राहक सेवा केन्द्रले आफ्ना ग्राहकहरुलाई चौबिसै घण्टा र ३ सय ६५ दिननै सेवा दिने छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले ग्राहक सेवा केन्द्रले ग्राहकलाई अझै  उत्कृष्ट सेवा प्रदान गर्न मद्धत गर्ने जानकारी दिए । ग्राहक सेवा केन्द्रले नबिल बैंकले मुख्यरुपमा जोड दिदै आएको ग्राहक सेवा लाई थप सुधार गर्ने र ग्राहक सेवा केन्द्रलाई अझ परिस्कृत बनाउनका लागि बल प्रदान गर्ने उनको भनाइ छ ।

नबिल ग्राहक सेवा केन्द्रले एकल विन्दुको रुपमा काम गर्नेछ । बैंकको ग्राहक सेवा केन्द्र  अत्याधुनिक प्रविधियुक्त्त हुनेछ र यसले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नेछ ।  

ग्राहक सेवा केन्द्रले आगमन र गमन कलहरू दुबै सम्हाल्नेछ र यसले देश तथा बिदेशमा रहनुभएका ग्राहकबर्गहरूलाई सुचना आदान प्रदान गर्ने कार्य गर्नेछ । 

बैंकको देशभरी ९२ ओटा शाखाहरु, १ सय ४२ एटिएम काउण्टरहरु रहेका छन । नबिल बैंकले नेपाली  बैंकिङ क्षेत्रमा  नबिनतम  सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै यसले नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दैआएको विज्ञप्तीमा उल्लेख छ । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप