भ्रमण बर्ष अघि नै अन्तरप्रदेश हवाई सेवा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर १६, साेमबार,०५:५३:PM  
भ्रमण बर्ष अघि नै अन्तरप्रदेश हवाई सेवा

काठमाडौं । भ्रमण बर्ष २०२० सुरु हुनु अगाबै अन्तरप्रदेश हवाई सेवा सुचारु हुने भएको छ । वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले जनवरी १ अघि नै नै अन्तरप्रदेश उडान गर्ने जानकारी दिए ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हवाई कम्पनीहरुलाई प्रदेश केन्द्रित उडान गर्न निर्देशन दिएका थिए । नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई सहजीकरण हुने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत हवाई ट्राफिक जाम कम हुने उनको विश्वास छ ।

अहिले काठमाडौं केन्द्रित हवाई सेवा हुदा धेरै यात्रुहरुले समस्या भोगेको भन्दै अन्तरप्रदेशमा जान वायुसेवा कम्पनीहरुलाई निर्देशन दिदै आएका थिए । उनले संघियताको अनुभुति दिलाउनका लागि पनि अन्तरप्रदेश हवाई उडानले सहयोग पुग्ने बताए ।

प्रवक्ता कडेलले अहिले पनि बुद्ध र यति एयरलाइन्सले पोखरा, विराटनगर लगाएतका केहि विमानस्थलबाट उडान सुरु गरिसकेका छन् । यस्तै नेपालगञ्जबाट पनि पोखरा लगाएतका क्षेत्रमा उडान गर्नुपर्ने माग आएको बताए । ‘अहिले धेरै कम्पनीहरुले जहाज थपिरहेका छन्, प्रवक्ता कडेलले भने,अन्तरप्रदेश उडान गर्दा उहाँहरुलाई पनि फाइदा हुन्छ ’ ।

मन्त्री भट्टराईले अन्तरप्रदेश उडान गर्ने वायुसेवा कम्पनीहरुलाई केहि सहुलियत दिने समेत प्रतिबद्धता जनाएका छन् । तर,के सहुलियत दिने भन्ने विषयमा भने स्पष्ट पारेको छैन् । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');