काठमाडौं । एमजी जेडएस इलेक्ट्रिक गाडी नेपालमा १ सय ५० थान बुकिङ भएको छ । ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड एमजी ९मोरिस ग्यारेज० अहिले युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड र मिडल इस्टमा उच्च माग छ ।
साइक मोटर्सले एमजी जेडएस इभीका लागि युरोपबाट ३ हजार अर्डर प्राप्त गरेको उल्लेख छ । ५ सय थान एमजी जेडएस यही महिनामा नेदरल्याण्ड र नर्वेमा निर्यात गरिनेछ ।
यो गाडीले युके, नेदरल्याण्ड र नर्वेमा ३ हजार भन्दा बढि अर्डरहरु प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । त्यस्तै नेपालबाट पनि यो गाडीले निकै उत्साहजनक प्रतिक्रिया पाइरहेको छ । पारामाउन्ट मोटर्स नेपालका लागि एमजी गाडीको अधिकृत आयात र वितरकले गत जुलाई महिनामा नयाँ इलेक्ट्रिक एसयूभी एमजी जेडएसका लागि शुरुवाती मुल्य ४९ लाख ९९ हजारमा प्रिबुकिङग खुलाएको थियो । अहिलेसम्म कम्पनीले एमजी जेडएस इभीका लागि १ सय ५० थान भन्दा बढि बुकिङग प्राप्त गरिसकेको छ ।
एमजीले लन्डन, सिलिकन भ्याली, टेल अभिभमा रिसर्च एण्ड डेभलप्मेन्ट सेट गरेर थाइल्याण्ड, इन्डोनेशिया र भारतमा सवारी साधन निर्माण स्थापना गरेर ९३ वटा ओभरसि अर्टो पार्ट निर्माण गरेर विश्वभर पूर्ण अटो उद्योग संञ्जाल स्थापना गरेको छ । एमजीका उत्पादनहरु विश्वभरका ६० भन्दा बढि देशहरुमा बिक्री हुन्छ ।
यो नयाँ एसयूभीमा सुरक्षालाई सुनिश्चित गर्दै ६ वटा एयरब्याग छ साथै प्रिमियम प्यानारोमिक सनरुफ र आरमदायीक इलेक्ट्रिकल समायोज्य सिटजस्ता विशेषताहरु रहेको छ । यसबाहेक यो गाडीमा ३ वटा ड्राइिभिङ मोडहरु रहेको छ जसमा चालकहरुले आफुलाई मनपर्ने ढंगबाट गाडी चलाउन सक्छन् ।