काठमाडौं । भ्रमण बर्ष २०२० लाई सफल बनाउन सम्पूर्ण राजनीतिक दलहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिहिबार संस्कृती, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयलमा आयोजित कार्यक्रममा राजनीतिक दलका नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
भ्रमण बर्ष मुल आयोजक समितिका संयोजक एवंम पर्यटन मन्त्री योगेश भट्टराईले सम्पूर्ण राजनीतिक दलहरुको सहभागिताको लागि आब्हान गरेका छन् । कुनै पार्टी विशेष भन्दा नेपालमा रहेका सम्पूर्ण राजनीतिक दलको सहयोग भएमा मात्र कार्यक्रम सफल हुने उनको भनाइ छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले भ्रमण बर्षभरी आफ्ना पार्टीका नेतादेखि कार्यकर्ताहरु निःशुल्क रुपमा स्वयसेवकको रुपमा खटिन तयार रहेको बताए । ‘यो कुनै पार्टी र मन्त्री बिशेष कार्यक्रम हैन, महासचिव पौडेलले भने, त्यसैले सबैले साझा राष्ट्रिय अभिभारा हो भन्ने बुझेका छन् ’ ।
नेपाली काग्रेसका नेता एवंम पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पर्यटकका लागि आवश्यक पूर्वधार निर्माण गर्ने जिम्मेवारी सरकारको रहेको बताउदै त्यसमा सहयोग गर्न तयार रहेको बताए ।
‘भ्रमण बर्ष सफल भएमा मन्त्री र सरकार मात्र सफल हुदैन,नेता बस्नेतले भने,यो सबै पार्टिको सफलता हुने भएकोले सहयोग गर्न तयार छौं ’ । यसका लागि नेताहरु र विभिन्न भातृसंगठनहरुलाई परिचालन गर्न तयार रहेको उनको भनाइ छ । मन्त्रालयले मागेको खण्डमा काग्रेसले पनि निःशुल्क स्वयंमसेवकहरु पठाउन तयार रहेको उनले जानकारी दिए ।
राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले पर्यटक भनेको पहाडमा मात्र घुम्ने भन्ने प्रवित्तिलाई अन्त्य गर्दै अहिले तराइमा पनि त्यसको विकास भएको जानकारी दिए । आफ्नो पार्टीका तर्फबाट सहयोग गर्न तयार रहेको बताउदै अहिले मधेशले भने ‘भिजिट मधेस’को अभियान सुरु गरेको उनले बताए ।