विश्वका धेरै मुलुकका बैंकहरुको भवन किन अग्ला अग्ला हुन्छन् भन्ने मनोविज्ञान बुझ्न मलाई मन लागेको थियो । खासमा बैंकको ठूलो भवन देखेर पनि निक्षेपकर्तालाई बैंकप्रति विश्वास हुँदो रहेछ । निक्षेपकर्ताको विश्वास जित्ने ठूलो आधार भवन नै रहेछ । तर, भवन अग्ला हुँदैमा विश्वास जितिहालिन्छ भन्ने होइन्, यसले एउटा आधार भने सिर्जना गर्छ ।
अब, बैंक मर्जरको परिस्थिती कसरी सिर्जना भयो भन्ने स्मरण गर्न चाहन्छु । २०६५/६६ सालतिर बैंकिङ प्रणालीमा संक्रमणकाल थियो । केही बैंकमा पैसा निकाल्न लाइन लाग्ने अवस्था थियो । त्यहि अवस्थामा विश्व बैंकले करिब ४५ बैंक तथा वित्तीय संस्थाहरु बन्द गर्नुपर्ने अवस्था आउने रिपोर्ट सार्वजनिक गर्यो । उक्त संख्यामा वित्तीय संस्थाहरु बन्द गरेपछि बल्ल वित्तीय प्रणाली सबल हुन्छ भन्ने विश्व बैंकको प्रतिवेदन थियो ।
म राष्ट्र बैंकको गभर्नर भएर जाँदा त्यो प्रतिवेदन मेरो हातमा आइपुग्यो । त्यतिबेला हामीले ती ४५ ओटा बित्तिय सस्था बन्द गरेको भए आज यहाँ भएका कति अनु्हार हामीले देख्न पाउदैन थियौ । तर, मैले विग्रेकोलाई सुधार गृहमा लगेर पनि सुध्रिएनन् भने मात्रै अन्य उपचार गर्न ठिक हुन्छ भन्ने बिचार गरे । प्राथमिक उपचारै नगरी अन्तिम उपचार गर्दा राम्रो हुँदैन भन्ने लाग्यो । त्यसैले हामीले स्वेच्छिक मर्जरलाई प्रोत्साहन गर्यौँ ।
आज साना देखि ठुला ठुला बैंकहरु मर्जरमा जान तयार भएका छन् । कुनै लहडले बैंक खोल्ने होइन । बैंक खोली सकेपछि व्यवस्थापन क्षमताको पनि उत्तिकै आवश्यकता पर्छ । बैंकका संचालक, प्रवद्र्धकहरुले यो कुरा बुझनु भएको छ । ग्लोबल र जनाता दुबै राम्रा चलेका बैंकहरु मर्ज भएपछि समस्या नआउला भन्ने लाग्छ ।
हामीले ती ४५ ओटा बित्तिय सस्था बन्द गरेको भए आज यहाँ भएका कति अनु्हार हामीले देख्न पाउदैन थियौ । तर, मैले विग्रेकोलाई सुधार गृहमा लगेर पनि सुध्रिएनन् भने मात्रै अन्य उपचार गर्न ठिक हुन्छ भन्ने बिचार गरे । प्राथमिक उपचारै नगरी अन्तिम उपचार गर्दा राम्रो हुँदैन भन्ने लाग्यो । त्यसैले हामीले स्वेच्छिक मर्जरलाई प्रोत्साहन गर्यौँ ।
बैंक ठुलो हुँदा यसका फाइदाहरु पनि छन् । हामीलाई ठुलो लगानीको आवश्यकता पर्छ । जुन आवश्यकता हाम्रा ठुलो क्षमताका बैंकले पूरा गर्न सक्छन् । १०/१२ अर्वको लगानी गर्न अव बैंकहरु सक्षम भएका छन् । हाम्रो अर्थतन्त्रको संरचना पनि परिवर्तन भइरहेको छ । त्यो संचरनाले मध्यकालिन र दीर्घकालिन लगानी मागिरहेको छ ।
अहिले बैंकहरु १०/१२ अर्वको लगानी गर्न सक्ने अवस्थामा पुगेका छन् । २ अर्वका बैंक आज ठुलो परियोजनामा लगानी सक्ने अवस्थामा पुगेका छन् । यो वर्ष हामीले उच्च आर्थिक वृद्धि हासिल गर्नुपर्र्नेछ । त्यसका लागि हामीलाई ठूलो पूँजी चाहिन्छ ।
त्यसैले पनि बैंक ठुला र बलिया हुनु निकै राम्रो हो । हामीलाई उच्च आर्थिक वृद्धि गर्न वैदेशिक पूँजीको पनि आवश्यकता पर्छ । बैंक ठुला र बलिया भएपछि विदेशी बैंक तथा वित्तीय संस्थाबाट पनि स्रोत परिचान गर्न सक्नुपर्छ । त्यस्तो गर्न नसके हामीले उच्च आर्थिक वृद्धि गर्न सक्दैनौँ । अहिले तिब्र रुपमा आर्थिक वृद्धि गर्ने विश्वका मुलुकहरुमा नेपाल पनि परेको छ । यो खुसीको कुरा हो ।
ठुला योजना र पूर्वाधारमा लगानी नगरी उच्च आर्थिक वृद्धिदर हासिल गर्न संभव छैन । यी दुई ठूला बैंक मर्जरले अन्य ठूला बैंकलाई पनि मर्जरमा जान हौसला मिलेको छ ।
नेपालमा पनि बैंकहरुले दिर्घकालीन लगानीको लागि ऋणपत्र ल्याएका छन् । यसले दिर्घकालीन लगानी आउछ । ऋणपत्रमा ब्याज दिँदा भोलीको ‘कस्ट अफ फण्ड’लाई पनि ध्यान दिनुपर्छ । ऋणपत्र र बैंकको ब्याजदरको सन्तुलत मिलाउनुपर्छ । बैंकका सेयर होल्डरको पनि नेतृत्व लिने र कर्मचारीको पनि नेतृत्व गरेर दुवैतर्फबाट ब्याज खाने प्रवृतिको अन्त्य गर्नुपर्छ । ब्याज खाएर मोटाउन सजिलो छ । मोटाएपछि घटाउन गाह्रो छ । घट्नको लागि वर्क आउट गर्नुपर्छ । त्यसैले बिचार गरेर हिँडनु होला ।
बैंकहरुमात्रै सम्बृद्धि भएर हुदैन । व्यवसायी, निक्षेपकर्ता, सेयर होल्डरलाई पनि सम्बृद्ध बनाउनुपर्छ । बैंकले आफ्ना कर्मचारी पनि नचिन्ने अवस्था आएको छ । ठेक्कामा कर्मचारी ल्याएर राखेको छ । उनीहरुको बृत्ति विकासमा लगानी गरेको छैन । अब बैंकहरुले केवाईसी मात्रै हैन केवाईई पनि भर्ने व्यवस्था गर्नुपर्छ । यी त भए आन्तरिक कुरा । बैंकले अब प्रविधिमा पनि लगानी बढाउनुपर्छ । जसले पछिल्लो समय बैंकिङ प्रणालीमा आएको जोखिम व्यवस्थापन गर्न सक्छ ।
सरकारले खर्च छिटो छिटो गरिरहेको छ । स्थानीय तहमा जाने पैसा पनि ५० प्रतिशत वाणिज्य बैंकमा राख्ने व्यवस्था गरिसकेका छौँ । बैंकहरुले ऋण लिनेहरुलाई सेवा शुल्कलगायत बाहनामा धेरै शुल्क लिन मिल्दैन । बैंकले लिने सेवा शुल्क र नाफा पनि सबैले स्वीकार्य हुने खालकै हुनुपर्छ ।
ब्याजदरमा कतै कतै छिद्र खोज्न लागेको सुनेको छु । अहिले स्प्रेडदर पनि राम्रो छ । त्यसैले छिद्र ठाँउ खोज्न आवश्यक छैन । एउटै परिवारको एक भन्दा बढी वित्तीय संस्थामा धेरै लगानी रहेको छ । मैले पनि राष्ट्र बैंकमा हुँदा पनि यस विषयलाई राम्रोसँग हेरेको छु । यस्तो प्रबृतीलाई चाँडो भन्दा चाँडो अन्त्य गर्नुपर्छ ।
(ग्लोबल आइएमई बैंक र जनता बैंक बिच भएको एकीकृत कारोबार उद्घाटन समारोहमा ब्यक्त गरेका विचारको संमादित अंश)