बागलुङ समाज पोखरा सहकारीको अध्यक्षमा बिष्णुकुमार श्रेष्ठ  

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस ५, शनिबार,०९:५५:PM  
बागलुङ समाज पोखरा सहकारीको अध्यक्षमा बिष्णुकुमार श्रेष्ठ  

बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा बिष्णुकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन्  संस्थाको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले उपाध्यक्ष जयराम आचार्य, सचिव विष्णु पौडेल, कोषाध्यक्ष कृष्ण पौडेल र सदस्यमा नारायणप्रसाद आचार्य, चन्द्रकली मगर्नी, टिकाराम आचार्य, लक्ष्मी निउरे र टंकराज घले चयन भएका छन् ।

पुष्पराज गिरीको संयोजकत्वमा गठित  लेखा समितिको सदस्यमा सुमित्रा शर्मा ढकाल र नरेश्वर आचार्य छन् । त्यस अवसरमा असल कर्जाग्राही कृष्णबहादुर खड्का, उत्कृष्ट बचतकर्ता डिल्लीप्रसाद सुवेदी, सृष्टि थापा र उत्कृष्ट मासिक बचतकर्ता कमानसिंह खड्कालाई सम्मान गरिएको थियो । साथै ज्येष्ठ नागरिक रत्न मल्ल, दुर्गाबहादुर हमाल, धनबहादुर थापा र तुलसी कँडेललाई सम्मान गरिएको थियो ।

साधारणसभा संस्थापक अध्यक्ष अमृतलाल श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा सल्लाहकार डा.रवीन्द्र श्रेष्ठ, बागलुङ समाज पोखराका अध्यक्ष कुलचन्द्र शर्माले बोलेका थिए ।

साधारणसभाले सचिव हिमलाल गौतमको वार्षिक र कोषाध्यक्ष नारायणप्रसाद आचार्यको आर्थिक प्रतिवेदन पारित गरेको छ । संस्थाकी अध्यक्ष कमला गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य टिकाराम आचार्यले स्वागत र सचिव हिमलाल गौतमले सञ्चालन गरेका थिए ।


 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी प्रदेश -४ बाट थप

Top