कजाखस्तान विमान दुर्घटना, बेक एअरको विमान अल्माटी विमानस्थलनजिकै घरमा गएर जोतियो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस ११, शुक्रबार,१०:०८:AM  
कजाखस्तान विमान दुर्घटना, बेक एअरको विमान अल्माटी विमानस्थलनजिकै घरमा गएर जोतियो

बीबीसी । कजाखस्तानमा १०० जना मानिस चढेको एउटा विमान दुर्घटनाग्रस्त भएको विमानस्थलका अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार बेक एअरको उक्त विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेको थियो। दुर्घटनापछि विमानमा आगोको लागेको छैन। आपत्कालीन सेवाका कर्मचारीहरूलाई दुर्घटनास्थलमा पठाइएको छ।

कम्तीमा सात जनाको ज्यान गएको पुष्टि गरिएको छ। तर कोही जिउँदो भेटिएको वा नभेटिएको भन्ने प्रस्ट छैन। उक्त विमान देशको सबैभन्दा ठूलो सहर अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको थियो। अल्माटी विमानस्थलका अनुसार विमानमा ९५ जना यात्रु र पाँच चालक दलका सदस्य थिए।

विमान कङ्क्रिटको एउटा संरचनामा ठोकिएपछि एउटा दुईतले भवनमा जोतिएको बताइएको छ।उद्धारकर्मीहरू दुर्घटनास्थलमा पुगेको भिडिओ सार्वजनिक भएको छ।दुर्घटनाको कारण पत्ता लगाउन एउटा छानबिन समिति गठन हुने बताइएको छ।

दुर्घटनाको इतिहास

भीआईपी उडान गर्ने उद्देश्यसहित सन् १९९९ मा स्थापित भएको उक्त कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। अहिले उक्त कम्पनी आफूलाई सस्तो विमानसेवाका रूपमा चिनाउँछ। ऊसँग सातवटा फोकर १०० विमान छन्।

सन् २०१३ मा पनि अल्माटीमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो।त्यसको एक महिनाअघि देशको दक्षिणी भेगमा एउटा सैन्य विमान दुर्घटनाग्रस्त हुँदा २७ जनाको मृत्यु भएको थियो।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top