युवा विदेशिएर मुलुक समृद्ध हुँदैनःअध्यक्ष थापा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २०, आइतबार ,०९:१३:PM  
युवा विदेशिएर मुलुक समृद्ध हुँदैनःअध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवा शक्ति विदेशिएर मुलुक समृद्ध हुन नसक्ने बताएका छन। कञ्चनपुरको भीमदत्तनगरमा आयोजित एक कार्यक्रmममा बोल्दै अध्यक्ष थापाले मुलुकमा  बेरोजगारी समस्या बढ्दै गएकाले सामान्य रोजगारीका लागि पनि युवापिँढी बाहिरिनुपर्ने बाध्यता रहेको बताए । “झण्डै ५० प्रतिशत युवा जमात बेरोजगारी समस्याले मुलुक बाहिर छ ।” थापाले भने, “क्रियाशील जनशक्ति बाहिरिएर समृद्ध नेपाल बन्न सक्दैन ।”

उनले सरकारले संवैधानिक र कूटनीतिक निकायलाई नियन्त्रण गर्न खोजेको आरोपसमेत लगाए। मुलुकमा ठूला भ्रष्टाचार काण्ड सार्वजनिक हुँदा पनि सरकारको ध्यान नजाँदा भ्रष्टाचारीलाई प्रोत्साहन मिलेको धारणा राखे। “दल, ठूला व्यापारी र कर्मचारीको मिलेमतोमा ठूला भ्रष्टाचार हुँदैछन्”, उनले भने, “प्रतिपक्षी दल पनि यसबाट अछुतो छैन ।”

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top