यसरी तयार हुँदै छ माँघे संक्रान्तीकाे चाकु

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ पुस २४, बिहीबार,०१:०९:PM  
यसरी तयार हुँदै छ माँघे संक्रान्तीकाे चाकु

काठमाडौं । २६ वर्ष अघिदेखि चाकु उत्पादन गर्न शुरु गरेको टोखाका बुद्ध श्रेष्ठलाई चाकु बनाउन अहिले भ्याई नभ्याई छ । माँघे संक्रान्ती नजिकिएसँगै चाकुको माग निरन्तर बढी रहेको छ । सो अनुसार त्पादन गर्न सक्ने स्थिति नरहेको उनको भनाई छ । 

२६ वर्षअघि यो व्यवसाय थाल्ने समयमा बजारमा साधारण चाकुको मात्रै खपत हन्थ्यो । तर, अहिले साधारणभन्दा मसलादार र स्पेशल चाकुको माग बढी देखिन्छ । मसलादार चाकुमा नरिवल मिसाइएको हुन्छ ।

साथै स्पेशलमा भने नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाईको हुन्छ । जसले गर्दा अन्यभन्दा स्पेशल चाकुको मूल्य अलि महंगो छ । 

नेवारी सँस्कृतिमा माघ १ गते चाकु खानै पर्ने प्रचलन रहेको छ साथै नेवार समुदायमा काजक्रियाको बेलामा पनि चाकु खाने गरिन्छ । त्यस्तै चिसो लागेका मानिसलाई चाकु खुवाएमा सन्चो हुने मान्यता छ ।

विशेषगरी माघे संक्रान्तिमा चाकु खाइन्छ । उपत्यकामा पनि यस अवसरमा चाकुको माग बढी रहन्छ । उपत्यकाको टोखा, ललितपुरको पाटन चाकु बनाइने नामले पनि प्रसिद्ध छ ।

 

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top